10 years ago
February 7, 2016
गुवाहटी, माघ २४ । १२औं दक्षिण एसियाली साग खेलकुद प्रतियोगिता अन्तर्गत तेस्रो दिनसम्म नेपालले तीन रजत पाँच कास्य गरी कुल नौ पदक जितेको छ । भारतको गुवाहाटी र सिलोङमा जारी १२ औं साग खेलमा नेपालले आइतबार उसुमा दुई रजत भारत्तोलन, स्विमिङ, पुरुष टेवल टेनिस र कुस्तीमा समान एक–एक कास्यगरि कुल ६ पदक जितेसँगै पदक संख्या नौ पु¥याएको हो ।

शनिबार नेपालले भारत्तोलनमा एक रजत र एक कास्य तथा कुस्तीमा एक कास्य पददक जितेको थियो ।
सिलोङमा आइतबार भएको उसुअन्तर्गत थाउलो महिलामा सुस्मिता तामाङले रजत पदक जितेकी हुन् । उनले ८ दशमलव ८२ अंक प्राप्त गर्दै रजत पदक जित्न सफल भइन् । सोही स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले कास्य पदक जिते ।
त्यस्तै, उसुतर्फको पुरुषमा विजय सिञ्जालीले पनि रजत पदक जितेका छन् । त्यस्तै, आइतबार नै भएको भारोत्तोलनतर्फको महिला खेलमा नेपालका जुनुमाया छन्त्यालले कास्य पदक जितेकी छिन् । ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी छन्त्यालले स्न्याचतर्फ ५५ र क्लिन एण्ड जर्कतर्फ ७५ केजी गरी कुल १ सय ३० केजी उठाउदै पदक जितेकी हुन् । यो प्रतिस्पर्धामा बंगलादेशले स्वर्ण पदक र शीलंकाले रजत पकद जित्यो ।
स्वीमिङअन्तर्गत महिलाको २ सय मिटर ब्याक स्टोक फ्रिस्टाइलमा गौरिका सिंहले कास्य पदक जितेकी हुन् । उनले दुरी २.२६.९३ सेकेण्डमा पुरा गरेकी थिइन् ।
यस्तै टेबलटेनिसको पुरुष टिम इभेन्टमा नेपालले कांस्य जितेको छ । नेपाल सेमिफाइनलमा श्रीलंकासंग ३–० ले पराजित भएपछि कांस्यमा सीमित भएको हो । त्यसअघि नेपालले बंगलादेशलाई हराएको थियो । महिला टिम इभेन्टमा नेपालको चुनौती समाप्त भएको छ । नेपाल बंगलादेश विरुद्धको खेलमा ३–२ ले चुक्यो । यस्तै रामबाबु यादवले कुस्तीबाट कांस्य पदक दिलाए । १२ औं सागमा कुस्तीको यो दोस्रो पदक हो । अघिल्लो दिन सरोज यादवले कांस्य जितेका थिए ।
पहिलो अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी रामबाबुले ६१ केजी तौलको फ्रिस्टाइलमा पदक जितेका हुन् । उनी पाकिस्तानका अब्दुल वाहाईसँग पराजित भएका थिए । रामबाबुले पहिलो खेलमा वाइ पाएका थिए । उनीसँगै अफगानी मोहम्मद अलीले कांस्य जित्दा भारतका प्रदीपले स्वर्ण र अब्दुलले रजत जिते ।
महिलातर्फ भने राउन्ड रोबिनमा सुमित्रा थापा र लक्ष्मी खत्री दुवै पराजित भए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]