default_image

7 years ago

June 26, 2018

सगरमाथा भलिबलको उपाधि सुनसरीलाई

142 views

0 Bookmark

धनकुटा (हाम्रो खेलकुद) – धनकुटाको चौविसे गाउपालिकामा सञ्चालित प्रदेश स्तरीय प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीतामा सुनसरीले फाईनलमा ओखलढुंगालाई १६–२५,२०–२५,२५–२७,१९–२५ र ९–१५ हराएको छ ।

जीतसंगै सुनसरीले नगद ५० हजार सहित मेडल, प्रमाणपत्र र टफी हात पारेको छ भने दोश्रो भएको ओखलढुंगाले नगद रु ३० हजार सहित प्रमाण पत्र, मेडल र ट्रफि हात पारेको छ । त्यस्तै प्रतियोगितामा तेश्रो भएको भोपुरले नगद रु २० हजार प्रमाण पत्र, मेडल र ट्रफि हात पारेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट स्पाईकर सुनसरीका विवश लिम्वु, उत्कृष्ट सटर भोजपुरका जमन उदास, उत्कृष्ट डिफेन्डर ओखलढुंगाका दिलिप राई, उत्कृष्ट सेटर ओखलढुंगाकै सञ्जय वुढाथोकी, उत्कृष्ट ब्लकर सुनसरीका सूरज चौधरी तथा सर्वोत्कृष्ठ खेलाडी भोजपुरका संजिव कट्टेल घोषित भएका छन् ।

सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशको आयोजनामा तथा चौबिसे गाँउपालिकाको सह-आयोजनामा भएको प्रतियोगिता समापन कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश नं १ मा खेललाई उच्च प्राथामिकतामा राखेर खेल पर्यटन प्रवर्द्धनमा जोड दिईने बताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभाषद निरन राई, विना राई, सावित्रा जोशी, उनिता विक लगायतको उपस्थिती थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.