7 years ago
July 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा भदौमा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरुष भलिबलमा सार्वजनिक भएको ‘ड्र’ अनुसार नेपाली टोलीले समूह ‘डी’ मा दक्षिण कोरिया र चाइनिज ताइपेसंग खेल्नेछ। पुरुष भलिबलमा २० राष्ट्रको सहभागिता रहेको छ । २० टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टिमले दोस्रो चरणको यात्रा तय गर्नेछ ।
नेपालको राष्ट्रिय भलिबल टोलीले तीन दशक भन्दा लामो समयपछि एसियाली खेलकुद (एसियाड) मा भाग लिंदैछ । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ सिओल एसियाडमा भाग लिएको थियो । एसियन गेम्सको इतिहासमा नेपालको यो चौथो सहभागिता हुनेछ।
त्यस्तै समूहकै अर्को टोली चाइनिज ताइपेको भने यो आठौँ ताथा कोरियाको १५ औं सहभागिता हुनेछ। दक्षिण कोरिया तीन पटकको विजेता पनि हो। पछिल्लो पटक २००६ मा कतारमा सम्पन्न प्रतियोगितामा चिनलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो।
नेपालले प्रतियोगिता अन्तर्गत २२ अगस्टमा ताइपेसँग पहिलो खेल खेल्नेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]