default_image

8 years ago

February 21, 2016

दोश्रो अन्तराष्ट्रिय खेलकुद फिल्म महोत्सव सम्पन्न

नेपाल स्पोर्टस फाउन्डेसनले फिक्टसको सहकार्यमा आयोजना गरेको नेपाल अन्तराष्ट्रिय खेलकुद फिल्म महोत्सव काठमाडौंमा समापन भएको छ | नेेपालका तिन र विदेशका तिन गरी दुई दिनमा कुल छ वटा फिल्म देखाइएको महोत्सवमा चार वटा प्यानल वार्ता सेसन पनि समावेश थिए | खेलकुद र त्यसको वरपर आधारित रहेर गरिएको वार्तालापमा खेलकुद लगाएत विविध क्षेत्रका हस्ती हरुलाई सहभागि […]

42 views

0 Bookmark

नेपाल स्पोर्टस फाउन्डेसनले फिक्टसको सहकार्यमा आयोजना गरेको नेपाल अन्तराष्ट्रिय खेलकुद फिल्म महोत्सव काठमाडौंमा समापन भएको छ |

Final

नेेपालका तिन र विदेशका तिन गरी दुई दिनमा कुल छ वटा फिल्म देखाइएको महोत्सवमा चार वटा प्यानल वार्ता सेसन पनि समावेश थिए | खेलकुद र त्यसको वरपर आधारित रहेर गरिएको वार्तालापमा खेलकुद लगाएत विविध क्षेत्रका हस्ती हरुलाई सहभागि गराइएको थियो |

तिन नेपाली फिल्ममध्ये भने फोटोजर्नालिस्ट विजय गजमेरको ‘आकाश’ नामक सर्ट-मुभिलाई उपहारस्वरुप गो-प्रो क्यामरा क्यामरा प्रदान गरियो | यसका साथै महोत्सवमा बहुचर्चित क्रिकेट सम्बन्धि वृतचित्र ‘डेथ अफ अ जेन्टलम्यान’ पनि देखाइएको थियो |

फिल्म बाहेक विभिन्न विषयमा गरिएको प्यानल वार्तामा दर्शक हरुले पनि अन्तरक्रिया गरेका थिए |

सर्च फर कमन ग्राउन्डस, फ्याक्ट्स नेपाल, नेपाल इन्डिपेन्डेन्ट फिल्म मेकर्स सोसाइटिले शान्ति स्थापनाका लागि खेलकुद, नेपालको खेलकुदको अहिलेको अवस्था, नेपालमा खेलकुद फिल्मको सम्भावना लगाएतको विषयमा अन्तर्क्रिया कार्यक्रम गरेका थिए |

आयोजक नेराल स्पोर्टस फाउन्डेसनले दोश्रो संस्करण सफल भएको टिप्पणी गर्दै आगामी सालमा तेश्रो संस्करण आयोजना गर्ने र सो समयमा अझै बढि नेपाली फिल्म बन्ने आशा रहेको प्रष्ट्याए |

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ […]

April 15, 2024

कुवेतको दोस्रो जित 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कुवेतले दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध हार बेहोरेको कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बहराइन माथि २६ रनको जित निकालेको हो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा १६२ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले ६ विकेट गुमाउँदै १३५ रन मात्र […]

Success

Thank you for your time.