default_image

6 years ago

August 28, 2018

एसियाड एथलेटिक्स – विश्वरूपाको प्रदर्शनमा सुधार

44 views

0 Bookmark

जाकार्ता (एजेन्सी)– इन्डोनेसियामा जारी एसियाड अन्र्तगत महिला ५ हजार मिटर दौडमा नेपालकी विश्वरूपा बुढाले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । जिविके मेन स्टेडियममा मंगलबार साँझ भएको महिला ५ हजार मिटर दौड विश्वरूपाले १७ मिनेट २४ सेकेन्डमा पूरा गर्दै आफ्नो व्यक्तिगत प्रर्दशनमा सुधार गरेकी हुन् ।

विश्वरुपा बुढा (बायाँ) । फाइल तस्बिर

यसअघि उनको नाममा १८ मिनेटको समय रहेको थियो । यो स्पर्धामा कान्छीमाया कोजुको नाममा १६ मिनेट ३०.९८ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । कान्छीले ग्वान्जाउ एसियाडमा कीर्तिमान राखेकी थिइन् । १५ खेलाडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा विश्वरूपा १३औं स्थानमा रहिन् । यो स्पर्धामा बहराइनका विफकाडु काल्किडानले स्वर्ण किर्गिस्तानकी डारिया मासलोभाले रजत तथा बहराइनकै बोन्टु रिविटुले कास्य जितिन् ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 19, 2024

सेपाकताक्रो विश्व कप – नेपालसँग जर्मनी पराजित

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपमा नेपालले जर्मनीलाई हराएको छ । आज भएको रेगु q नेपालले जर्मनीलाई २–० ले हराएको छ । पहिलो दिन शनिबार रेगु इभेन्टमै फ्रान्सलाई २–१ हराएको नेपालले अर्को डबल इभेन्टमा खेल भने चाइनिज ताइपेसँग पराजित भएको थियो । रेगु इभेन्टमा ३ खेलाडी खेल्ने २ खेलाडी बाहिर रहन्छन् […]

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

Success

Thank you for your time.