default_image

7 years ago

September 3, 2018

आधीआवाधी महिला लिगको ट्रफी सार्वजनिक,

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभीए) र आधीअवाधी फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन हुने ‘आधीअवाधी महिला भलिबल लिग’ भलिबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ ।

असोज १३ गतेदेखि १७ गतेसम्म हुने लिगमा तीन विभागीय क्लब पुलिस, एपीएफर आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यू डायमन्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी ६ टोलीमध्ये चार टोलीका गुडविल एम्बेसडर, संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र आधीअवाधी फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेशकुमार सिंहले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए ।

लिगमा ६ वटै टोलीको गुडविल एम्बेसडर भारतीय कलाकार रहेका छन् । प्रतियोगितालाई थप रोचक बनाउन हरेक टोलीमा गुडविल एम्बेसडर राखिएको संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताए ।

चार टोलीका एम्बेसडर पुजा गौर (चितवन टाइगर्स), सोनिया शर्मा (आर्मी), रिसिका सिंह (एपीएफ) र ऋतु दुधानी (न्यू डायमन्ड) मात्र उपस्थित थिए । लभिना टण्डन (पुलिस) र प्राची तेहलन (पोखरा) हाल फिल्म छायाङकनका लागि भारत बाहिर रहेको आयोजकले जनाएको छ । आर्मी, चितवन टाईगर र न्यु डायमण्ड एक समूहमा छन् । एपीएफ, पुलिस र पोखरा पिन्केज अर्को समूहमा रहेका छन् ।

 

चितवन टाइगरमा तीन अमेरिकी खेलाडी 

चितवन टाईगरमा भने अमेरिकन खेलाडी आउने पक्का भएको आधीअवाधी फाउन्डेसनका नेपाल प्रमुख सुर्य गुरुङले जानकारी गराए । गुरुङका अनुसार ओपन स्पाईकर र सेन्टर ब्लकका रुपमा भित्याईएका खेलाडीमा सेल्बी डाल्टन, ज्याकलीन ब्रिक्स र टिज निकोल रुन ट्रि रहेका छन् ।

प्रत्येक टोलीले ४ बिदेशी खेलाडी राख्न पाउने प्रावधान रहेपनि कोर्ट भित्र भने ३ खेलाडी मात्र उत्रार्न पाउने भलिबल संघले नियम बनाएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पाँच दिने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उपबिजेता ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार पुरस्कार पाउनेछ ।

यसअघि काठमाडौँ क्विन्स रहने बताएपनि त्यसको स्थानमा न्यू डायमन्डलाई मौका दिइएको नेपाल भलिबल संघले जनाएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.