7 years ago
September 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदमा १५ अौं स्थान हासिल गरेको नेपाली पुरुष भलिबल टोलीलाई नेपाल भलिबल संघ (एनभीए) ले अाइतबार राजधानीमा सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा टोलीका खेलाडी र प्रशिक्षकसँगै संघका पदाधिकारीले केक काटे । संघले प्रत्यक खेलाडीेलाई १० हजार रुपैयाँले सम्मान गर्यो । एसियाली खेलकुदमा हासिल गरेको सफलताले दक्षिण एसियाली खेलकुदमा थप हौसला पुग्ने संघले जनायो ।
एसियाली खेलकुदमा नेपाल दक्षिण कोरिया र चाइनिज ताइपेइसँग समूह चरणमा पराजित भएको थियो । त्यसपछि वरियता निर्धारण गर्न भएको प्लेअफअन्तर्गत नेपालले मंगोलियालाई १३/१८ प्लेअफमा हरायो । लगत्तै श्रीलंकासँग पराजित भएपनि त्यसपछिको खेलमा किर्गिस्तानले वाकअोभर दिएपछि नेपालले १५ अौं स्थान हासिल गरेको थियो ।
नेपाली टोली :
इम बहादुर मगर (कप्तान), कुलबहादुर थापा, राजु शेरचन, दीपकराज जोशी, विशाल विक, मानबहादुर श्रेष्ठ, हरि अधिकारी, भैरव वम, इश्वर थापामगर, नरेन्द्र गिरी, धनबहादुर भट्ट, दुर्गा महतो
लेस्ली डे जोङ – मुख्य प्रशिक्षक
जगदीश भट्ट – प्रशिक्षक
भरतबहादुर शाह – व्यवस्थापक
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]