7 years ago
September 10, 2018
पोखरा (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लब र चितवन टाईगर राष्ट्रिय महिला भलिवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखराको लामाचौरमा तीज महोत्सवका अवसरमा सोमवार भएको लिग खेलमा एपीएपले चितवन टाइगरलाई ३–० को सोझो सेटमा हराउदै अन्तिम चारमा स्थान बनाएको हो । एपीएफले चितवन टाइगरमाथि २५–१९, २५–१८ र २५–१४ को सहज जित निकाल्यो । पराजय पश्चात पनि चितवन टाईगरले उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान बनायो ।
सोमबारै लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा भएको उद्घाटन खेलमा न्यू डायमण्ड एकेडेमीले पोखराको टप्स माविलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यु डायमन्डले टप्समाथि २५–२२, २५–१७ र २५–१९ को सोझो सेटमा जित निकाल्यो । दोस्रो खेलमा न्यु डायमण्डले आर्मीबिरुद्धको खेलमा २५–१७, २५–१७ र १६–६ को अग्रता लिइरहेको अवस्थामा भारी वर्षा भएपछि खेल स्थगित भएको छ ।
भदौं २७ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले गरिन् । प्रतियोगितामा विजेता टिमल १ लाख र उपबिजेताले ६५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने भएको संयोजक सुशिल श्रेष्ठले जनाए ।
सात टिमको सहभागिता रहने भनिएको प्रतियोगितामा समूह ‘ए’ मा रहेका नेपाल पुलिस र जाउखाखेल भलिवल प्रशिक्षण केन्द्रको सहभागिता छैन् । महोत्सव अन्तर्गत प्रदेश स्तरिय छात्रा भलिबलको उपाधि टप्स माविले जितेको छ । सोमबार भएको फाइनल खेलमा टप्सले करुणा निधि फाउण्डेसन (केफ) लाई सोझो सेटमा पराजित गर्दैै उपाधि जितेको हो । विजेताले २५ हजार र उपविजेताले १५ हजार पुरस्कार प्राप्त गरे
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]