default_image

6 years ago

September 20, 2018

एपीएफ र ढोरपाटन सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब र आयोजक ढोरपाटन क्लब राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । एपीएफले मन्डली स्पोर्टस् क्लब पाल्पालाई ३–० को सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहिबार भएको खेलमा एपीएफले पहिलो […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब र आयोजक ढोरपाटन क्लब राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । एपीएफले मन्डली स्पोर्टस् क्लब पाल्पालाई ३–० को सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहिबार भएको खेलमा एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेट २५–१५ र २५–१६ ले आफ्नो पक्षमा पार्न सफल भयो । बिहिबारै भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक ढोरपाटनले थ्री स्टार एकेडेमीमाथि ३–२ को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भयो । पहिलो सेट २५–२२ ले जितेको ढोरपाटनले दोस्रो सेट ३२–३० ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि लगातार दुई सेट गुमाएको ढोरपाटनले अन्तिम सेट आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । थ्री स्टारले तेस्रो र चौथो सेट २५–१८ र २५–१५ ले जितेपछि अन्तिम सेटको नतिजा कुर्नुपरेको थियो । तर अन्तिममा ढोरपाटन १५–१३ ले विजयी हुन सफल भयो ।

यस्तै गिताञ्जली कलेजले बुढानिलकण्ठलाई ३–० कै सेटमा पराजित ग¥यो । पहिलो सेट २८–२६ ले जितेको गिताञ्जलीले दोस्रो र तेस्रो सेट २५–१४ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । गन्डकी प्रदेश र बडिगार्ड गाउपालिकाबीचको अन्तिम क्वाटरफाइनल खेल आजै हुने भनिएपनि हुन सकेन । उक्त खेल भोलि हुनेछ ।
सेमिफाइनलमा गीतान्जली कलेजले एपीएफको सामना गर्नेछ ।

यति ब्रुअरी प्रालिको उत्पादन इनर्जी ड्रिंङ्स एम–१५० ले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् । ब्यक्तिगत विधा अन्तर्गत स्पाईकर, ब्लकर क्वीक डिफेन्डर, सर्भर लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगितामा एक जना दर्शकलाई स्कुटर, ८ जना दर्शकले इजी टिसर्ट र अरु ८ जना दर्शकले डाइमण्ड मोबाइल पाउनेछन् ।

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

Success

Thank you for your time.