default_image

6 years ago

November 23, 2018

पुलिसविरुद्ध आर्मीलाई अग्रता

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार दोस्रो खेलमा नेपाल पुलिस क्लबविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

आर्मीले मिडफिल्डर टेकबहादुर बुढाथोकीको गोलमा अग्रता लिएको हो । ३१ औं मिनेटमा टंक बस्नेतले दायाँ विङ्सबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रभित्र रहेका कप्तान भरत खवासले छाडेपछि टेकबहादुरले गोलरक्षकलाई बिट गर्दै गोल गरेका थिए ।

त्यसअघि आर्मीका लागि कप्तान भरत खवासले गोल गर्ने अवसरको सदुपयोग गर्न सकेनन् । १८ औं मिनेटमा उनको एक्रोब्याटिक प्रहरले पोस्टको दिशा लिन सकेन । त्यसको पाँच मिनेटपछि टेकबहादुर बुढाथोकी पनि पेनाल्टी क्षेत्रभित्रबाट पोस्टमा प्रहार गर्न असफल रहे ।

पहिलो हाफको अन्तिम मिनेटमा पुलिसले बराबरी गर्ने अवसर गुमायो । निरकुमार राईले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको कडा प्रहार आकासिएको थियो । लगत्तै सन्तोष तामाङले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर गयो ।

December 12, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर विरानगरका कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

Success

Thank you for your time.