default_image

10 years ago

April 8, 2016

नवयुग र राजुसहित २५ खेलाडी भक्तपुरमा सम्मानित हुँदै

151 views

0 Bookmark

काठमाडौं फुटबलका नवयुग श्रेष्ठ र क्रिकेटका राजु रिजालसहित २५ खेलाडी आज भक्तपुरमा सम्मानित हुनेभएको छन् । राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा विभिन्न २५ खेलका उत्कृष्ट खेलाडी पुरस्कृत हुन लागेको हो ।

संघले हरेक बर्षको अन्त्यतिर यसरी अलग अलग खेलका बर्षका उत्कृष्ट खेलाडीका रुपमा सम्मानित गर्दै आएको छ । यसै बर्ष नेपाललाई आइसिसी यू १९ मा नेपालले विश्वकपमा सहभागिता जनाउँदा राजुले टोलीको कप्तानी गरेका थिए । उनी बिहीबार मात्र राष्ट्यि टोलीका लागि छनोटमा परेका छन् । नेपालले वैशाख ४ र ६ गते कीर्तिपुरस्थित नामवियाविरुद्ध आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल हुनेछन् ।

Nawayug

चोटका कारण टोलीमा सुवास खकुरेल नपरेपछि अब विकेट किपिडको जिम्मा राजुलाई जाने सम्भावना छ, त्यहि खेलमार्फत उनले सिनियर टोलीबाट डेब्यू गर्ने सम्भावना छ ।

नेपालले पछिल्लो पटक फुटबलमा प्राप्त गरेका दुई ठुला सफलाका हिस्सेदार आर्मीका नवयुग पनि सोही कार्यक्रममा सम्मानित हुँदैछन् । माघमा बंगलादेशमा बंगबन्धु कप जित्दा वा गत महिना भारतमा १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा दुवै पटक नवयुगले नेपालका लागि सबैभन्दा बढी गोल गरेका थिए ।

उनी ती दुई प्रतियोगिताका ३ खेलमा ह्याट्कि समेत गरेका थिए । उनी शुक्रबारमात्र झापामा जारी रमपम झापा गोल्डकपमा सेनाको टोलीबाट खेलेका थिए । आर्मी त्यो प्रतियोगितामो फाइनल पुगेको छ ।

सम्बन्धित खेल संघबाट सिफासिर भइआएका खेलाडीलाई नै खेलाडी संघले पुरस्कृत गर्ने परम्परा छ । हरेक उत्कृष्ट खेलाडीले १० हजार रुपैयासहित अवार्ड पाउनेछन् । क्रिकेट र फुटबलका साथै एथलेटिक्स, आर्चरी, बक्सिङ्ग, ब्याडमिन्टन, बास्केटबल, उसु, तेक्वान्दो, कराते, जुडो, सुटिङ्ग, जिम्न्यास्टिक, लन टेनिस, कुस्ती, सफ्ट टेनिस, भारोत्तोलन, टेबल टेनिस, साईक्लिङ्ग, गल्फ, सेपाक ताक्रो, पौडी, ट्राईयाथलन, फेन्सिङ्ग र र्याफ्टिङ एन्ड क्यानोईङ्गका खेलाडी सम्मानित हुनेछन् ।

सोही अवसरमा गजराज जोशी फाउन्डेशनका तर्फबाट एकजना पुराना खेलाडीलाई आदर्श खेलाडीका रुपमा सम्मानित गर्ने संघले जनाएको छ । वैशाख १२ को विनाशकारी भूकम्पले प्रभाव पारेको जिल्लामध्येको एक भक्तपुरलाई संघले यसपटक आयोजनस्थलका रुपमा छनोट गरेको छ । भक्तपुर दरबार स्क्वार डबलीमा दिउसो ३ बजे सुरु हुने कार्यक्रममा विभिन्न सास्कृति कार्यक्रम समेत रहेको संंघले जनाएको छ । कार्यक्रममा भक्तपुर उपमहानगरपालिाकाले साथ दिएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.