default_image

10 years ago

April 20, 2016

तृप्ती फाउण्डेशन कप पुरुष भलिबल सम्पन्न; म्याग्दी जलजला परिवारलाई उपाधि

176 views

0 Bookmark

म्याग्दी जलजला परिवारले अष्ट्रेलियामा सम्पन्न तृप्ती फाउण्डेशन कप पुरुष भलिबलको दोश्रो संस्करणको उपाधि जितेको छ ।

voll a1

म्याग्दी सेवा समिति अष्ट्रेलियाको आयोजनामा अप्रिल १७ मा सम्पन्न भएको फाईनल खेलमा पश्चिम म्याग्दीको जलजला परिवारले बाग्लुङ कम्युनिटिमाथी ३–२ को रोमाञ्चक जित निकालेको थियो । अष्ट्रेलियाको सिड्नी स्थित म्यारिकभिलमा भएको खेलमा बाग्लुङ कम्युनिटीले पहिलो र दोश्रो सेट २५–२२ र २५–२१ ले जितेर २–० को अग्रता लिएको थियो ।

बिजेता टिम जलजलाले उत्कृष्ट पुनरागमन गदै लगातार तीन सेट २६–२४,२५–१४ र १६–१४ ले जित्दै उपाधि माथी कब्जा जमाएको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडि बिजेता टिमका  होम भण्डारी भएका थिए । त्यस्तै बेष्ट स्पाईकरमा बाग्लुङ अर्जुन अधिकारी चुनिए भने बेष्ट सेटरको उपाधि बाग्लुङकै लोक छन्त्यालले जिते । म्याग्दी सेवा समितिका अध्यक्ष हरि रामजालीले आफ्नी  छोरी तृप्तीको नामबाट स्थापना गरेको प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो ।

जलजला परिवारका टिम संयोजक तथा समाज सेवी दिपक भण्डारीले जानकारी गराए अनुसार ३ दिने प्रतियोगिताको बिजेता टिमले १ हजार ५ सय डलर,उपबिजेताले ८ सय डलर प्राप्त गरे । सर्वोकृष्ट खेलाडि र बिधागत उत्कृष्टले नगद सहित आकर्षक ट्रफि जितेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.