default_image

5 years ago

May 26, 2019

अन्जली र मनोजलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- काठमाण्डौकी अन्जली महर्जन र धादिङ्गका मनोज श्रेष्ठले प्रदेश नं. ३ दोश्रो उपराष्ट्रपति (चिल्ड्रेन गेम ) २०७५ कराते प्रतियोगितामा कुमुते र काता गरि दुई विधामा स्वर्ण हात पार्न सफल भएका छन् । दोश्रो उपराष्ट्रपति कपको छनोट प्रतियोगिता समेत रहेको प्रतियोगितामा काठमाण्डौकी अन्जलीले छात्रा ३८ केजी तौल समूहमा भक्तपुरकी शसिका राईलाई पराजित गर्दै स्वर्ण […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाण्डौकी अन्जली महर्जन र धादिङ्गका मनोज श्रेष्ठले प्रदेश नं. ३ दोश्रो उपराष्ट्रपति (चिल्ड्रेन गेम ) २०७५ कराते प्रतियोगितामा कुमुते र काता गरि दुई विधामा स्वर्ण हात पार्न सफल भएका छन् ।

दोश्रो उपराष्ट्रपति कपको छनोट प्रतियोगिता समेत रहेको प्रतियोगितामा काठमाण्डौकी अन्जलीले छात्रा ३८ केजी तौल समूहमा भक्तपुरकी शसिका राईलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

यस्तै उनले खुला कातामा पनि काठमाण्डौकी एन्जिला महर्जनलाई पछाडी पार्दै स्वर्ण हात पारेकी हुन् । उनको तौल समूहमा सिन्धुपाल्चोककी प्रमिला तामाङ्ग र चितवनकी ममता गुरुङ्गले संयुक्त रुपमा कास्य पाए ।

कातामा काठमाण्डौकी दिब्या गुरुङ्गले कास्य पाईन् । यस्तै छात्र तर्फ धादिङ्गका मनोजले ४० केजी तौल समूहमा काठमाण्डौका नवराज पुरीलाई पराजित गर्दै स्वर्ण हात पारे । ललितपुरका विशाल डङ्गोल र रामेछापका अंकित सुवेदी संयुक्त रुपमा तेश्रो भए ।

दोश्रो स्वर्ण हात पार्ने क्रममा मनोजले खुला काता तर्फ काठमाण्डौका शाहिल घलेलाई पछाडी पारे । तेश्रो स्थानमा भक्तपुरका राज घ्लोन रहे । सागका दुई स्वर्णधारी तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा भएको प्रतियोगिताको छात्रा ३० केजीमा काठमाण्डौकी एन्जिला राईले स्वर्ण, नुवाकोटकी पुजा लामाले रजत तथा ललितपुरकी डोल्मा पाख्रिन र भक्तपुरकी किरण पाण्डेले कास्य पाए ।

यस्तै ३४ केजी तौलमा काठमाण्डौकी दिब्या गुरुङ्गले भक्तपुरकी शिरुषा भुजुलाई पराजित गर्दै स्वर्ण हात पारिन् । नुवाकोटकी प्राश्ना पंडित र मकवानपुरकी स्नेहा पराजुलीले कास्य पदक पाए । छात्र ३० केजी तौलमा भक्तपुरका राज ब्लोनले स्वर्ण हात पारे । राजले काठमाण्डौका दिपेश तामाङ्गलाई रजतमा खुम्चिन बाध्य पारे ।

नुवाकोटका सुजन लामा र सिन्धुपाल्चोकका आगमन दुलालले कास्य पाए । यसैगरि ३५ केजी तौलमा काठमाण्डौका शाहिल घलेले स्वर्ण, भक्तपुरका अभिषेक तामाङ्गले रजत तथा मकवानपुरका सुन्दर घले र सिन्धुपाल्चोकका लक्ष्य तामाङ्गले कास्य पाए ।

एक दिने प्रतियोगिताको प्रदेश नं. ३ का माननिय प्रदेश सांसद राजकाजी महर्जनलले पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटनका दौरान जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलबाट ललितपुर जिल्लाको प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुदमा कराते ८४ केजी माथिको तौल समूहमा स्वर्ण पदक हात पार्ने बिपेन राज सिं दर्जीलाई नगद ५ हजार सहित मायाको चिनोले प्रमुख अतिथीले सम्मान गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदील शाहीको सभापतित्वमा भएको प्रतियोगितामा राखेप पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, सागमा तेक्वान्दो मार्फत लगातार चार स्वर्ण हात पारी राष्ट्रको नाम उच्च राख्न सफल दीपक बिष्ट, करातेका बरिष्ठ प्रशिक्षक लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा ७२ खेलाडीहरुको सहभागिता रहेको थियो ।

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

प्रदीप र ऋतिक सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन प्रदीप खड्का, ऋतिक राणा, प्रणव खनाल र प्रणव मानन्धर दसौं सिटिजन्स बैंक खुल्ला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले मंगलबार भएको खेलमा आयुशमान हजुर घलेलाई ६–० र ६–३ को सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरे । ऋतिकाले आशिष खड्कालाई ६–२ र ६–३ ले सहजै […]

Success

Thank you for your time.