default_image

6 years ago

September 12, 2019

स्थगित एनओसी निर्वाचन शनिबार

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन भदौ २८ गते शनिबार हुने भएको छ ।

सर्वाेच्चकै निर्णयका आधारमा मान्यता पाएको रुक्म शम्सेर राणा अध्यक्ष रहेको एनओसीका सदस्य कमलबहादुर चित्रकारले एनओसीको निर्वाचन रोक्नमा माग गर्दै १७ भदौमा आइतबार रिट दायर गरेपछि २० भदौलाई तय भएको निर्वाचन स्थगित भएको थियो । २२ भदौ आफ्नै अन्तरिम आदेशलाई सर्वाेच्च अदालतले खारेज गरेपछि एनओसीको नयाँ कार्यसमितिको चयनका लागि बाटो खुलेको थियो । आइतबार न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले दुवै पक्षको बहस सुनेपछि चुनाव अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने निर्यण गरेका थिए ।

त्यसपछि अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) सँगको परामर्शपछि निर्वाचनको नयाँ मिति तय गरिएको एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । एनओसीको अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

महासचिवमा जीवनराम पक्षबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालको पक्षबाट पुरेन्द्रविक्रम लाखेको उम्मेदवारी परेको छ । २७ जना प्रतिनिधि रहेको एनओसीमा २६ जनाले उम्मेदवारी दिएका छन् । जसमा कोषाध्यक्ष रतन टण्डन र उप महासचिवमा पिताम्बर तिम्सिना निर्वारोध भइसकेका छन् । शनिबार हुने निर्वाचनले १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र ७ सदस्य चयन गर्नेछ । निर्वाचन अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) कै रोहवरमा हुनेछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.