6 years ago
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुन: निर्वाचित भएका छन् । उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गर्दै जीवनराम अध्यक्ष बनेका हुन् ।

जीवनरामले १७ मत ल्याउँदा उमेशलालले १० मत मात्र ल्याए । उपाध्यक्षमा ज्योति राणा (२६), तेज गुरुङ (२०), चतुरानन्द राज वैध (२२), सुनिलकुमार श्रेष्ठ (१८) र अशोक बज्राचार्य (१५) निर्वाचित भए । ५ पदका लागि भएको उपाध्यक्ष निर्वाचनमा ८ प्रत्यासी रहेका थिए । पुष्पदास श्रेष्ठ (११), राजीव श्रेष्ठ (११) र समिम मियाँ अन्सारी (१२) उपाध्यक्ष पदमा पराजित भए ।
महासचिवमा पदमा निलेन्द्रराज श्रेष्ठले यसअघिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेलाई हराएका छन् । निलेन्द्रराजले १५ मत प्राप्त गर्दा पुरेन्द्रले भने १२ मत पाएका थिए ।
सचिव पदका लागि भएको निर्वाचनमा निवर्तमान सदस्य सचिव केशव कुमार विष्ट सचिव पदमा पराजित भए । आवश्यक ३ सचिव पदमा ४ जनाको उम्मेदवारी परेको थियो । जसमा जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य २५, संघिय सांसद तुलसा थापा २१ र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ १८ मत ल्याउँदै विजयी भए । निवर्तमान सदस्य सचिव विष्ट भने १७ मत प्राप्त गर्दै पराजित भए ।
त्यस्तै भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा सदस्य पदमा पराजित भएका छन् । ७ सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको थियो । जसमा आर्चरीका रमेशप्रसाद शिवाकोटी, बक्सिङका राम अवाले, तेक्वान्दोका प्रकाश सम्शेर राणा, साइक्लिङका गोपालसुन्दर कक्षपति, गल्फका तासी घले, बास्केबलका होम दोङ, फुटबलका दीर्घबहादुर केसी विजयी भए ।
ओलम्पिक कमिटिको नयाँ कार्यसमिति:
अध्यक्ष – जीवनराम श्रेष्ठ
उपाध्यक्ष – ज्योति राणा, तेज गुरुङ, चतुरानन्द राज वैध, सुनिलकुमार श्रेष्ठ र अशोक बज्राचार्य
महासचिव – निलेन्द्रराज श्रेष्ठ
सहमहासचिव – पिताम्बर तिम्सिना
कोषाध्यक्ष – रतन टन्डन
सचिव – दीपकहर्ष बज्राचार्य, तुलसा थापा र रामजीबहादुर श्रेष्ठ
सदस्य – रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशसम्शेर राणा, गोपालसुन्दर कक्षपति, टासी घले, होम दोङ, दीर्घबहादुर केसी
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]