default_image

6 years ago

November 11, 2019

किर्गिस्तानमाथि नेपालको सहज जित

247 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा किर्गिस्तानमाथि सहज जित निकालेको छ ।

ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानमाथि ३–० को सहज जित निकालेको हो । च्याम्पियनसिपमा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले अफगानिस्तानमाथि ३–० कै सोझो जित निकालेको थियो । पहिलो टेक्निकल टाइमअघि नेपालले ८–७ को अग्रता लिएको थियो । त्यसपछि नेपालले लगातार १० अंक जोड्दै १८–८ को आरामदायी स्थितिमा ल्याउदै  पहिलो  सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा नेपालले २५–१९ को जित निकाल्यो । राम्रो शुरुवात गरेपनि नेपाले मध्यतिर अंक गुमाउदा किर्गिस्तानले १ अंकको अग्रता लिएको थियो । तर, त्यसपछि नेपालले खेलमा पूनरागमन गर्दै जित निकाल्यो । तेस्रो सेटमा पनि किर्गिस्तानले नेपाललाई टक्कर दिने प्रयास गरेपनि नेपाल २५– २० को सेटमा विजयी रहन सफल भयो । जितसँगै अपराजित रहेको नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित किर्गिस्तानको १ अंक छ ।

आजै केहीबेरमा माल्दिभ्स र अफगानिस्तानबीच खेल हुनेछ । दुई खेलमा जित हात पारेको माल्दिभ्सले ५ अंक जोडेको छ । बंगलादेशको ३ अंक छ । अंकविहीन आफगानिस्तान पुछारमा छ । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले बिहीबार उपाधिका लागि खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ । च्याम्पियनसिपका सबै खेलहरु शहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.