6 years ago
November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३औं दक्षिण एसयाली खेलकुद (साग) अन्तरगतको महिला भलिबलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने भएको छ ।

नेपाल भलिबल संघले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा सहज बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले दुई साताअघि बंगलादेशमै आयोजना भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो ।
सागको औपचारिक उद्घाटन १५ मंसिरमा हुने भएपनि भलिबलका खेलहरु ११ मंसिरबाटै शुरु हुनेछ । नेपालको समूह ‘ए’ मा भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
पहिलो दिन लिग चरणमा महिलाततर्फ नेपाल र बंगलादेशबीच खेल हुनेछ । दोस्रो दिन पाकिस्तान र माल्दिभ्स तथा भारत र बंगलादेशबीच खेल हुनेछ । तेस्रो दिन श्रीलंका र पाकिस्तान तथा भारत र नेपालबीच खेल हुनेछ । श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । आइतबार सेमिफाइनलका दुवै खेल हुनेछ । सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]