default_image

6 years ago

December 13, 2019

आज सागका पदकधारीको नगरपरिक्रमा

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता खेलाडीलाई आज (शुक्रबार) नगरपरिक्रमा गराईदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका पदकधारी खेलाडीलाई नगरपरिक्रमा गराउन लागेको हो ।

राखेपले बिहान ११ बजेदेखि सागका पदकधारी खेलाडीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न स्थान हुँदै नगरको परिक्रमा गराउने कार्यक्रम तयारी गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको परिसरबाट सुरु हुने नगरपरिक्रमा कार्यक्रम न्युरोड, ईन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, सल्लाघारी, सुर्यविनायक चोकमा पुग्नेछ ।
सुर्यविनायक चोटबाट टोली पुन सल्लाहघारी, नयाँ थिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर टुङ्गिनेछ ।

सरकारले यसअघि सागका पदक विजेता खेलाडीलाई नगदसहित सम्मानको घोषणा गरेको थियो । सागमा एकल विधामा स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ४ लाख घोषणा गरिसकेको छ । यस्तै एक भन्दा बढी स्वर्ण विजेता खेलाडीलाई ११ लाख घोषणा गरिएको थियो ।

टिम ईभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख दिने सरकारले घोषणा गरेको छ । टिम इभेन्टसका रजत र कास्यधारीको पुरस्कार घोषणा भने भएको छैन । स्वर्ण जिताउने प्रशिक्षकलाई ५ लाख रुपैया घोषणा गरिएको छ ।
यद्दपि सरकारले घोषणा गरेको पुरस्कार राशिमा सरकार र राखेपकै मतभेद छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.