6 years ago
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– खराब मौसमका कारण होङ्गान्जी न्यु डायमन्ड खुला महिला भलिबल प्रतियोगिताअन्तर्गत आयोजक न्यू डायमन्ड क्लब र नेपाल पुलिस क्लबबीचको खेल रद्द भएको छ । बालाजु बसपार्क नजिकको कोर्टमा जारी प्रतियोगिताको तेस्रो खेलको चौथो सेट चल्दा वर्षा भएपछि खेल रद्द भएको थियो ।
समूह बीको त्यो खेलमा न्यू डायमण्डले २–१ को अग्रता बनाएको थियो । त्यस्तै जारी चौथो सेटमा भने पुलिस २०–१५ ले अगाडि थियो । सुरुवाती दुई सेट जितेको न्यु डायमण्डले त्यसपछि भने लय गुमाएको थियो । पहिलो दुई सेट न्यु डायमण्डले २५–२२, २५–१७ ले आफ्नो पक्षमा पार्यो भने तेस्रो सेट १८–२५ ले गुमाएको थियो । राष्ट्रिय महिला भलिबल टोली की कप्तान अरुणा शाही न्यु डायमन्डबाट खेलिरहेकी छिन् ।
त्यसअघि दुई खेलमा साविक विजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका थिए ।
एकपक्षिय खेलमा आर्मीले पारामाउन्ड इङ्लिस बोर्डिङ स्कुललाई २५–६,२५–१८,२५–९ ले हराएको थियो । त्यसअघि समूह एकै अर्को खेलमा साविक विजेता नेपाल एपिएफ क्लबले पोखराको टप्स माविलाई २५–११,२५–१० र २५–६ ले हराएको थियो । समूह ‘बी’मा अर्को टोली ढोरपाटन स्पोर्टस् क्लब रहेको छ ।
लिग कम नकआउटका आधारमा हुने खेलपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगितामा कुल १३ खेल हुने आयोजकले जनाएको छ । मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ ।
तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]