6 years ago
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी होंगान्जी न्यू डायमण्ड कप महिला भलिबल प्रतियोगिता २०७६ अन्तर्गत शनिबार सेमिफाइनल चरणका खेल सम्पन्न हुँदैछ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा चलिरहेको प्रतियोगितामा तीन विभागीय टोलीसहित आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लबले अन्तिम चारमा स्थान पक्का गरेको छ । लिग चरणको खेलमा समूह ए बाट नेपाल एपीएफ क्लब अपराजित रहँदै अन्तिम चारमा प्रवेश गर्यो । शुक्रबार अन्तिम लिग खेलमा आर्मीलाई हराउँदै एपीएफले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
यता आर्मीले सुरुवाती दुई खेलमा टप्स उच्च मावि र प्यारामाउन्टलाई पराजित गरेको थियो । एपीएफविरुद्ध भने सोझो सेटमा पराजित भएको आर्मी समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । एपीएफले त्यसअघि प्यारामाउन्ट र पहिल दिन टप्सलाई हराएको थियो । टप्सले सान्त्वना जित हासिल गर्ने क्रममा बिहीबार नै प्यारामाउन्टमाथि ३-१ को जित दर्ता गरेको थियो ।

अर्को समूहबाट होंगान्जी न्यू डायमण्ड लगातार दोस्रो जित दर्ता गर्दै समूह विजेता बन्यो । शुक्रबारको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३-२ ले पराजित गर्दै आयोजक टोली समूह विजेता बनेको हो । पुलिसले त्यसअघि नै ढोरपाटन स्पोर्ट्स क्लबलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो । न्यू डायमण्डले पनि बिहिबार नै ढोरपाटनलाई हराएको थियो ।
शनिबार हुने पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब दिउँसो १:३० बजे खेल्नेछन् । त्यसपछि हुने दोस्रो सेमिफाइनलमा होंगान्जी न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको सम्पूर्ण खेलहरु हाम्रोखेलकुद डट कमले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]