default_image

6 years ago

January 18, 2020

नयाँबजार र आर्मी क्वाटरफाइनलमा

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नयाँबजार सामाजिक युवा क्बल (एनवाईसी) पाँचौ आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०७६ अन्तर्गत पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुषतर्फ शनिबार भएको खेलमा नयाँबजारले आरजी भलिबल ग्रुप (आरजीजी) लाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नयाँबजारले आरजीजीमाथि २५–२०, २५–१६ र २५–१८ को सोझो सेटमा जित निकाल्न सफल भयो । यस जितसँगै १-१ जित दर्ता गरेका आर्मी र नयाँबजार क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । पहिलो दिनको खेलमा आर्मीसँग सोझो सेटमा हारेको आरजीजी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पुरुषतर्फ भने नेपाल पुलिस क्लबले पार्वती भलिबल क्लब (पिभिसी) बाट वाक ओभर पायो । त्यसअघि महिलातर्फ समूह ए को खेलमा आर्मीले भरतपुलिाई २५–८,२५–२० र २५–१० मा हरायो । अर्को खेलमा साविक विजेता एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–४,२५–८ र २५–८ ले हराएको थियो ।

प्रतियोगिताको तेस्रो दिन पुरुषतर्फ दुई र महिलातर्फ पनि २ खेल हुनेछ । महिलातर्फ एपीएफ र बीएमसी तथा जावलाखेल र आर्मीबीच खेल हुनेछ । पुरुषमा पार्वती भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लब तथा हेल्प नेपाल र बुद्धटोल युवा भलिबलकलबबीच खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फको समूह एमा साविक विजेता त्रिभुवन आर्मी क्लब, आरजी भलिबल ग्रुप र नयाँ बजार सामाजिक क्लब छन् ।

एपिएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्ष केन्द्र समूह ‘बी’ तथा नेपाल पुलिस क्लब , मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समूह ‘सी’ मा छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । महिलातर्फ दुई विभागिय टोली साविक विजेता नेपाल एपिएफ क्लब, आर्मी, जावलाखेल र भरतपुर महानगर समूह ‘ए’ तथा न्यु डायमण्ड स्पोर्टस क्लब, पुलिस र ढोरपाटन स्पोर्टस्स क्लब छन् । राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् । माघ १० गते सम्म चल्ने प्रतियोगिताका सहभागी टोलीले ३ जना सम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजना हुने क्लब च्याम्पियनसिपको यो पाँचौं संस्करण हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.