default_image

6 years ago

May 7, 2020

सागको खर्च सार्वजनिक गर्न अझै केहि दिन लाग्ने !

206 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

सफलता हिसाबले १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलकुद इतिहासको एउटा महत्वपूर्ण उपलब्धीको रुपमा स्थापित भइसकेको छ । सरकारले पदक विजेता खेलाडीलाई नगदबाट पुरस्कृत पनि गरिसकेको छ । यद्दपी, प्रशिक्षक र सम्बन्धित संघले भने पुरस्कार रकम पाउन अझै बाँकी छ । सागमा प्राप्त सफलताका कारण व्यवस्थापनमा भएका थुप्रै कमजोरीलाई ओझलमा पार्दै धेरैले आयोजनालाई पनि सफल मानेका थिए ।

तर, साग सम्पन्न भएको १ सय ५० दिन नाघिसक्दा पनि हिसाब भने सार्वजनिक भएको छैन । सागको आयोजनाका कार्यकारी प्रमुख राष्ट्रिय खेकलुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले ९० दिन भित्र सागको हिसाब सार्वजनिक गर्ने घोषणा गरेका थिए । साग २०७६ मंसिर १५ देखि २४ गते सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो । सदस्य सचिव सिलवालले हिसाब सार्वजनिक गर्ने भनेको भन्दा ६० दिन नाघिसकेको छ । सार्वजनिक हुन अझै केहि समय कुर्नुपर्ने भएको छ ।

‘खर्च विवरण सबै प्राप्त भइसकेको छ । हिसाब किताब लगभग टुंगिएको छ ,’ सदस्य सचिव सिलवालले हाम्रो खेलकुद डटकमसँग भने, ‘वैशाख मसान्त भित्र सार्वजनिक गर्ने वा पछिल्लो लकडाउन (जेठ ५) गते पछि सार्वजनिक गर्ने विषयमा हामी छलफल गरिरहेका छौं ।’ सिलवालले पत्रकार सम्मेलनमार्फत हिसाब सार्वजनिक गर्ने सोच रहेको सुनाए । उनले सागमा कुन शीर्षकमा कति खर्च भएको भन्ने सबै हिसाब सार्वजनिक गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।

सिलवलालले १३ औं सागका लागि २ अर्ब ६५ देखि ७५ करोड रुपैयाँ खर्च भएको बताए । जसमा सरकारबाट राखेपलाई २ सय ४४ करोड रुपैयाँ उपलब्ध गराएको बताइएको छ । जसमा भौतिक पूर्वाधारका लागि १ अर्ब २२ र साग आयोजनाका लागि १ अर्ब २२ करोड रकम प्राप्त भएको राखेपले जनाएको छ । सागको लागि भनिएको भौतिक पूर्वाधारका रकम अहिले पनि खर्च भइरहेको सदस्य सचिव सिलवालले बताए ।

सागका लागि सरकारले ३ अर्ब ५५ करोड विनियोजन गरेपनि झन्डै १ अर्ब कममा साग आयोजना भएको सदस्य सचिव सिलवालले बताएका छन् । राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना संयोजक रहेको समितिले भने सुरुमा ५ अर्ब २४ करोड रुपैयाँ १३ औं सागका लागि लाग्ने अनुमानित बजेट पेश गरेको थियो । पछि सरकारले ३ अर्ब ५५ करोड रुपैयाँ दिने निर्णय गरेको थियो ।

सागका दौरान सिलवालले हरेक पदक जित्नका लागि सरकारको कति खर्च भएको थियो त्यो पनि जानकारी गराइने दाबी गरेका थिए । अहिले पनि सिलवाल सोही अभिव्यक्ति दोहोराउँदै भने, ‘एउटा पदकका लागि कति खर्च हुन्छ । व्यवस्थापन, तयारी, एक्सपोजर लगायतमा कति लगानी भएको थियो, त्यो सबै हामी अलग अलग विश्लेषण गरेर सार्वजनिक गर्ने योजनामा छौं ।’

दुई दशक पछि स्वदेशमा आयोजना भएको सागमा नेपालले अहिले सम्मकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरि २ सय ६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको थियो । यसअघि नेपालले सन् १९८४ मा पहिलो र १९९९ मा आठौं संस्करण आयोजना गरेको थियो ।

१२ खेल समावेश आठौंमा पनि नेपालले पदक तालिका पहिलो पटक दोस्रो स्थान प्राप्त गरेको थियो । १३ औं खेलमा २६ खेल समावेश थिए जसमा नेपालले एक खेलबाहेक सबैमा पदक जितेको थियो । सागका २६ खेल सञ्चालनका लागि राखेपले सम्बन्धित संघलाई जिम्मेवारी दिएको थियो । खेल सञ्चालनका लागि राखेपले हरेक संघलाई न्यूनत्तम ३ लाख ५० हजार रुपैयाँ उलब्ध गराएको थियो ।

‘रेफ्री, निर्णायक, मेडल, खेलाडीलाई दिने भत्ता बाहेक हरेक संघलाई आयोजनाका लागि न्युनत्तम ३ लाख ५० हजार रुपैयाँ दिएका थियौं,’ सिलवालले भने, ‘त्यसमा केहि खेलको प्रकृति हेरेर थप रकम पनि दिएका छौं । उदाहरणका लागि क्रिकेट र भलिबल काठमाडौं र पोखरा दुवै ठाँउमा आयोजना हुँदा त्यहि अनुसार खर्च बढ्नु स्वभाविक हो ।’ संघहरुले भने खेलको प्रकृति हेरेर बजेट दिनुको सट्टा राखेपले हरेक खेललाई उही रकम दिदा अपुग भएको गुनासो गरेका थिए ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.