default_image

4 years ago

May 9, 2020

सुष्मा थापा – ‘गाउँमा परालमाथि सुतेर भलिबलको पहिलो राष्ट्रिय प्रतियोगिता खेल्यौं’

कप्तान कथन सुष्मा थापा (राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान) मेरो जन्म तनहुँ जिल्लाको थर्पु, मिजेथुम गाउँमा भएको हो । त्यहिको श्री मीन हाई स्कुलमा पढें । भलिबल खेल्न चाहिं १२–१३ वर्षको उमेरदेखि सुरु गरेको हुँ । त्यो समयमा स्कुल स्तरिय जिल्लाव्यापी विरेन्द्र शिल्ड प्रतियोगिता हुने गर्दथ्यो । विरेन्द्र शिल्ड अनि जिल्ला स्तरिय प्रतियोगिता खेल्दै २०४३ […]

108 views

0 Bookmark

कप्तान कथन

सुष्मा थापा (राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान)

मेरो जन्म तनहुँ जिल्लाको थर्पु, मिजेथुम गाउँमा भएको हो । त्यहिको श्री मीन हाई स्कुलमा पढें । भलिबल खेल्न चाहिं १२–१३ वर्षको उमेरदेखि सुरु गरेको हुँ । त्यो समयमा स्कुल स्तरिय जिल्लाव्यापी विरेन्द्र शिल्ड प्रतियोगिता हुने गर्दथ्यो ।

विरेन्द्र शिल्ड अनि जिल्ला स्तरिय प्रतियोगिता खेल्दै २०४३ सालमा पहिलो पटक बैतडीको देहमाण्डुमा भएको सातौं राष्ट्रिय महिला भलिबल खेलेको थिएँ । यस प्रतियोगितामा गण्डकी, बागमती र धौलागिरी अञ्चल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । म पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्न त्यति टाढा जादा यता स्कुलका साथीहरु भने परिक्षाको तयारी गरिरहेका थिए । तर मैले आफ्नो गन्तव्य र भविष्य भलिबललाई छान्ने निधो गरें।

बैतडीको देहमाण्डु त्यति बेला गाउँ थियो । पाखालाई समथर बनाएर भलिबल कोर्ट बनाएका थिए । गाउँकै घरहरुमा खेलाडीलाई बस्ने ब्यवस्था मिलाइएको थियो । परालमाथि गुन्द्री राखेर तन्ना ओछ्याएर हामी सुतेका थियौं । रातदिनको लामो बस यात्रा, १४ अञ्चलका खेलाडीहरुको जमघट, पहिलो राष्ट्रिय प्रतियोगिता र पहिलो पटकमै स्वर्ण जित्दाको त्यो क्षण मलाई सधैं अविस्मरणीय लाग्छ ।

थाईल्यान्डसँग हुने मैत्रीपुर्ण खेलको लागि त्यहि प्रतियोगिताबाट खेलाडी छनोट गर्दै काठमाडौंमा बन्द प्रशिक्षणमा राखिएको थियो । सन् १९८८ मा पहिलो महिला भलिबल टोली ३ हप्ताको लागि थाईल्यान्ड गयौं । त्यहाँ हामीले स्कुल, क्लब र कलेजका टोलीसँग खेल्यौं । मैले आफुलाई फर्स्ट स्पाइकरको भुमिका निर्वाह गर्दा हेमा प्रधान कप्तान हुनुहुन्थ्यो । पहिलो पटक उपयुक्त खेल पोशाक र पहिलो विदेश यात्रा लगायतका कुराले धेरै रमाइलो भएको थियो । उमेरको हिसाबमा म टिममा सबैभन्दा जुनियर (कान्छी) थिएँ र कम बोल्ने गर्दथे ।

त्यो समय वर्षमा बल्लतल्ल दुई तीन प्रतियोगिता मात्र हुने गर्दथ्यो । मैले घरेलु प्रतियोगितामा कलेज, जिल्ला, अञ्चल र क्षेत्रियस्तरमा पदक जित्दै गएँ । अन्तर्राष्ट्रिय सहभागिता शून्य थियो । २०५५ सालमा नेपालगञ्जमा सम्पन्न चौथो राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलमा पश्चिमाञ्चलले निकै प्रतिस्पर्धात्मक खेलको पाँचौ सेटमा मध्यमाञ्चललाई हराएर उपाधि जितेका थियौं । त्यहिबाट आठौं साफ खेलकुदको लागि झण्डै २५ खेलाडी बन्द प्रशिक्षणमा बोलाईएको थियो ।

चार महिनाको बन्द प्रशिक्षणपछि अन्तिम टोली छनोट भएको थियो । चार महिनासम्म प्रत्येक खेलाडीहरुको दुःख, परिश्रम, मिहिनेतको पसिना र आँशु सामान्य खेलजीवनमा भन्दा धेरै गुणा बढी थियो, जुन बिर्सन गाह्रो पर्छ । जावलाखेलको भलिवल कोर्टमा धुलो र माटोसँग मडारिदै गरेको त्यो प्रशिक्षण अनि चिडियाखान हेर्न आउने मानिसहरुको लामो लर्को । दैनिक ६ घण्टाको ट्रेनिङले मेरो १० केजी तौल घटेको थियो ।

भनिन्छ परिश्रमिको फल मिठो हुन्छ, त्यस्तै भयो । आठौं साफमा म कप्तान थिएँ । हामीले बंगलादेशलाई हराएर तेस्रो स्थान हासिल गर्दै कास्य पदक जित्न सफल भयौं । भारतले स्वर्ण र श्रीलंकाले रजत जितेका थिएँ । जुन कास्य भलिबल इतिहासमा नेपाली महिला भलिवल टिमले पहिलो पटक अन्तर्राष्ट्रिय पदक जितेको थियो । व्यक्तिगत रुपमा टिम कप्तानको हैसियतले महिला भलिबलको ऐतिहासिक उपलब्धि मेरो लागि जीवनको सबैभन्दा अविस्मरणीय क्षण बन्न पुग्यो । सपना पुरा भएको दिन थियो ।

सायद २०५७ साल तिर होला घरेलु प्रतियोगिता खेल्ने क्रममा घुँडामा चोट लाग्दा त्यसैको कारण मैले सक्रिय खेल जीवनमा पूर्णविराम लगाउनु पर्यो । त्यो समय हाम्रो लागि दुर्भाग्य नै भन्नुपर्छ । सन् १९८८ देखि १९९९ सम्म आउँदा नेपाली महिला भलिबल टोलीले कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएन । विगत केहि वर्ष यता भने गति लिएको छ । नतिजा पनि राम्रै आएको छ ।

भलिबल खेलेर के पाएँ भन्दापनि के योगदान गर्न सकें भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । स्कुल पढ्दा स्कुललाई चिनाएँ । त्यस्तै कलेज, जिल्ला, अञ्चल र क्षेत्रलाई पनि भलिबलको माध्यमबाट चिनाउने अवसर पाएँ । त्यो भन्दा धेरै आठौं साफमा भलिबल मार्फत नेपालको झण्डा फहराउने केहि भाग्यमानी नेपाली खेलाडी मध्य म पनि एक थियो । त्यो नै सबैभन्दा ठूलो कुरा हो ।

झण्डै १५ वर्ष खेल जीवनले मलाई मिहिनेती बनायो, दृढ संकल्प लिन र अनुशासित हुन सिकायो । हरेक परिस्थितिमा संयमित हुन सक्ने जीवनको कला भलिबलले नै सिकायो । खेलले केहि सफलता दिलायो, पदक, प्रमाणपत्र, केहि नगद पुरस्कार र गोर्खा दक्षिण बाहुबाट सम्मानित हुन पाएँ ।

तुलानात्मक रुपमा आजका खेलाडी धेरै भाग्यमानी छन् । हिजो हाम्रो पालमा वर्षमा २–३ वटा मात्र प्रतियोगिता हुन्थे । अन्तर्राष्ट्रिय सहभागिता थिएन । प्रशिक्षकले सिकाएको बाहेक अन्य ज्ञान हुँदैन थियो । सहि खेल पोशाक नपाउने, आफ्नो प्रतिभा, खेललाई परिस्कृत र अब्बल बनाउने वातावरण शून्य जस्तै थियो । केहि अपवादलाई छाडेर हेर्ने हो भने यी परिस्थितिको सामना अहिलेका खेलाडीले गर्नु परेको छैन । धेरै परिवर्तन आइ सकेको छ ।

आजसम्म आइपुग्दा समयले ठुलो फड्को मारिसकेको छ । तर सक्रिय खेलजीवन पश्चात खेलाडीको भविष्यलाई लिएर प्रश्न उठ्छ । खेलपछि खेलाडीको बाच्ने आधार के त ? त्यसपछि के गर्ने भन्ने प्रश्न आउँछ । यहि प्रश्नको जवाफ खोज्दै प्रतिभाशाली खेलाडी बाध्यताको कारण विदेश पलायन भएको घटना बारम्बार सुन्नमा आउँछ । म पनि यस परिस्थितिबाट अछुतो रहन सकिन । जुन राज्य र सम्बन्धित संघले सोच्नुपर्ने कुरा हो ।

खेल र खेलाडीको स्तर अझ प्रभावकारी बनाउन सर्वप्रथम राज्यले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्छ । राखेपले सम्बन्धित संघ संस्थासँग समन्वय गरेर खेलाडीहरुको उमेर समुह छुट्याएर स्कुल, कलेज पढाउने वातावरण तयार गर्न आवश्यक छ । महिला भलिबल विकासका लागि सम्बन्धित खेलको तालिम दिने दुरदर्शी योजना बनाउँदै अघि बढ्न निकै आवश्यक पर्दछ ।

भलिबल राष्ट्रिय खेल हो । यसको लोकप्रियता पनि त्यतिनै छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट पनि खेललाई अगाडी बढाउन सम्बन्धित सबैले लाग्न जरुरि छ । निकायमा हुनेहरुले आफ्नो कार्यशैली र योजना प्रभावकारी ढंगबाट प्रस्तुत र निगरानी गर्नुपर्छ । यसै अनुरुप हरेक प्रदेशमा कार्यक्रम बनाएर अघि बढेको खण्डमा नेपाली महिला भलिबल टोलीले आउने दिनमा धेरै भन्दा धेरै सफलता हात पार्न सक्छ ।

नोट : महिला भलिबल टोलीकी प्रथम कप्तान हेमा प्रधानको संस्मरण प्राविधिक कारणले समेट्न सकेका छैनौ । वहाँको संस्मरण केहि समयपछि ल्याउने प्रयास गर्नेछौं ।

नेपालका राष्ट्रिय टोलीका कप्तानहरुको संस्मरण समेट्ने क्रममा हाम्रो खेलकुदले कप्तानहरुको खेल जीवन प्रतिविम्बित गर्ने प्रयास गर्नेछ । यसअघि अन्य कप्तानहरुको संस्मरण पढ्न यहाँ थिच्नुहोस ।

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

Success

Thank you for your time.