6 years ago
May 18, 2020
कप्तान कथन
ऋषिराज आचार्य (नेपाली राष्ट्रिय भलिबलका पुर्व कप्तान )
मेरो जन्म २०११ सालमा विराटनगरमा भएको हो । अहिले ६५ वर्षको भए । १३–१४ वर्षको हुँदा देखी भलिबल खेल्न थालेको थिए । दाईहरु राधाकृष्ण स्कुलमा खेल्नुहुन्थ्यो । हामी उहाँसगै जान्थौं र दाईहरुले कहिले काहिँ खेल्न दिनुहुन्थ्यो ।

राम थापा दाईले हामीलाई खेल्नमा धेरै प्रोत्साहन गर्नु भएको थियो । रामदाई त्यो समयमा धेरै राम्रो खेलाडी हुनुन्थ्यो । त्यो समय नेपालमा बाहिर जाने र प्रशिक्षकले सिकाउने भन्ने केहि थिएन । भलिबलको प्राविधिक पक्षबारे हामीलाई केहि थाहा थिएन । हामी ठ्याक्कै उल्टो खेल्थ्यौं । दाइहरुको प्रोत्साहनकै कारण म खेल्न अगाडी बढ्न थालें ।
त्यो समयमा काठमाडौं गएर सिक्ने अवस्था थिएन । प्रशिक्षक सुन्धीयाना गिदा विराटनगरमा आएको बेला मैले सिक्न पाइन । हारुओ हाइसोसँग विराटनगर आएको बेला ११ दिन सिकें । झन्डै दुई सातामा हारुओले सामान्य कुरा(बेसिक) सिकाउनु भएको थियो । त्यसपछि पत्रचारको माध्यमबाट पनि सिके । हारुओ दोस्रो पटक घुम्दै विराटनगर आएको बेला मसँगै बसेका थिए । त्यसबेला मलाई उनले राती ११–१२ बजे सम्म जम्पिङ देखी विभिन्न कुरा सिकाए ।
हामीलेनै पोखरिया स्पोर्टिङ क्लब स्थापना गरेका थियौं । भलिबलका सामग्री क्लबबाटै ल्याउथ्यौं । घर परिवार सम्पन्ननै थियो । भलिबल खेल्न मलाई घरबाट सधैं साथ र सहयोग रह्यो । बुबाले खेलप्रति रुचि राख्नुहुन्थ्यो । विराटनगरमा दुई वटा घरेलु प्रतियोगिता हुन्थें । रानिमा फागुन ७ गते प्रजातन्त्र दिवसको दिन र अर्को कोशी अञ्चल जिल्लाभरको प्रतियोगिता ।
नेपालमा पहिलो पटक २०३० सालमा काठमाडौंमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो । कोशी अञ्चलको कप्तानी मैले गरे । हामी सेमिफाइनलमा पराजित हुन पुग्यौं । पहिलो पटक कभर्डहलमा खेल्दा लाइटको कारण क्षमता र आशा अनुसार प्रर्दशन गर्न सकेनौं । खेल्न पनि कठिन भएको थियो ।

२०३१ सालमा हारुओ हाइसो प्रशिक्षकको रुपमा नेपाल आउनु भयो । हामीले सबै उल्टो तरिकाले खेलेका रहेछौं । जुन कुरा सिक्नलाई समय लाग्ने रहेछ । दुइ तीन महिनामा त्यो पुरै सिक्न सकिएन । २०३१ सालमा सुर्खेतमा भएको दोस्रो राष्ट्रिय प्रतियोगितामा पनि सेमिफाइनलमानै पराजित भयौं । २०३२ साल सम्ममा मैले नयाँ टेक्निकल कुरा धेरै सिकिसकेको थिएँ ।
२०३२ सालमा विरगन्जमा भएको तेस्रो राष्ट्रिय भलिबल प्रतियोगितामा हामी च्याम्पियन बन्यौं । फाइनलमा भेरीलाई पराजित गर्दै कोशीलाई पहिलो राष्ट्रिय उपाधि जिताउन सफल भए । यता भलिबल खेलि रहँदा पढाई बिग्रंदै गएको थियो । पढाइको चिन्ताले निकै पिरलेको थियो । भलिबलमा लाग्दा तीन पटक आइए फेल भई सकेको थिए । त्यसैले म भलिबल छोड्ने सोचमा थिए ।
त्यो समय भलिबल खेलेर केहि हुँदैन थियो । नपढेमा सबै कुरामा पछि परिने । २०३३ सालमा पाकिस्तानमा काइद-ए-आजम सेन्टेनरी स्पोर्ट्स फेस्टिभलमा नेपाली भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न जादा म कप्तान भए । उक्त फेस्टिभलमा भलिबलसँगै अन्य खेलहरु पनि भएका थिए । भलिबलमा नेपाल, पाकिस्तान, श्रीलंका र चीनको सहभागिता थियो । हामीले सबै खेल हार्यौं ।
हामी भर्खरका २०–२२ वर्षका युवा खेलाडी । उनीहरु २८–३० वर्षका थिए । हाम्रो र उनीहरुको खेलमा धेरै फरक थियो । साढे ६ फिट भन्दा कमका दुई जना लिफ्टर थिए । उनीहरु टेक्निकल, पावरदेखि सबैमा धेरै माथी थिए । हामीसँग त्यो हुने कुरै थिएन । उनीहरुले हाम्रो खेल हेरेपछि नेपालले जुनियर खेलाडी पठाएको रहेछ, तैपनि राम्रो खेल्छन् भनेर प्रंशसा गरेका थिए ।

पाकिस्तानमा भएको उक्त खेलपछि मैले भलिबल खेल्न छाडें । पढाईमा लागे । भलिबलमा भविष्य थिएन । भविष्य बनाउन कप्तानी गरे लगत्तै छोडेर पढाईमा लाग्नु परेको थियो । त्यसपछि म कहिल्यै फेल भइन । भलिबल खेल्न छाडेको डेढ वर्षजति भइसकेको थियो । झापाको चन्द्रगढीमा भएको राष्ट्रिय प्रतियोगितामा मलाई जबरजस्ती टिम म्यानेजर बनाएर लगे । म्यानेजर बनाएर लानुको कारण भलिबल खेलाउनुनै थियो ।
त्यसको केहि साताअघि बनारसबाट बिमारी भएर झन्डै १२ केजी तौल घटि सकेको थियो । सबैले सेमिफाइनल जसरी पनि खेल्नुपर्छ भनेर खेलाए । मैले डेढ दुईवर्ष देखी अभ्यास गरेको छैन भनेर पनि मानेनन् । अनि खेले । त्यो नै मैले खेलेको अन्तिम भलिबल प्रतियोगिता हो ।
हामीले खेल्दा भलिबलको लोकप्रियता धेरै राम्रो थियो । जिल्लास्तरिय खेल हेर्न २ देखी ४ हजार समर्थक जुट्थे । धेरै पटक जिल्लाको खेल आफ्नै व्यक्तिगत खर्चमा पनि खेलियो । भलिबल खेलेर मैले मान सम्मान पाए । धेरै मान्छेहरुले भलिबलकै कारण चिन्छन् । भलिबल खेल्न छाडेपनि भलिबलदेखि मन टाढा भने भएन । जुनियरहरुलाई सिकाइरहें ।
हाम्रो पालामा भविष्य थिएन । आजपनि भलिबलमा भविष्य देखिंदैन । भलिबल मात्र होइन नेपालमा क्रिकेट बाहेक अन्य खेलमा म भविष्य देख्दिन । पहिला म खेल्दा र अहिलेमा धेरै फरक छ । अहिलेकाले जागिर पाएका छन् । तर माथि जान सकेका छैनन् । पहिला भन्दा अहिले प्रतियोगिता धेरै हुन्छ । हाम्रो मुख्य कमजोरी खेलाडीको उचाइ कम हुनु हो । नेपाली भलिबललाई माथि पुर्याउने हो मुख्य त दक्ष विदेशी प्रशिक्षक ल्याउनुपर्छ । खेलाडीको भविष्य सुरक्षित गर्न सके नेपाली भलिबल अझै माथि उठ्न सक्छ ।
नेपालका राष्ट्रिय टोलीका कप्तानहरुको संस्मरण समेट्ने क्रममा हाम्रो खेलकुदले कप्तानहरुको खेल जीवन प्रतिविम्बित गर्ने प्रयास गर्नेछ । यसअघि अन्य कप्तानहरुको संस्मरण पढ्न यहाँ थिच्नुहोस ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]