default_image

4 years ago

June 20, 2020

भलिबलका सफल प्रशिक्षक भट्ट

प्रकाश तिमल्सिना, काठमाडौं झन्डै ४० महिना यता नेपालको भलिबलको प्रगती हेर्ने हो भने लोभलाग्दो छ । राष्ट्रिय खेल घोषणा भएसँगै घरेलु भलिबलमा प्रतियोगिताको निरन्तरता सँगै अन्तर्राष्ट्रिय सहभागिता पनि बढ्दो छ । अन्तर्राष्ट्रिय स्तरमा त झन् नेपालले सफलता पनि हासिल गरेको छ । नेपालको पुरुष टोलीले २०७३ को चैतमा नेपालको पुरुष टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको […]

197 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

झन्डै ४० महिना यता नेपालको भलिबलको प्रगती हेर्ने हो भने लोभलाग्दो छ । राष्ट्रिय खेल घोषणा भएसँगै घरेलु भलिबलमा प्रतियोगिताको निरन्तरता सँगै अन्तर्राष्ट्रिय सहभागिता पनि बढ्दो छ । अन्तर्राष्ट्रिय स्तरमा त झन् नेपालले सफलता पनि हासिल गरेको छ ।

नेपालको पुरुष टोलीले २०७३ को चैतमा नेपालको पुरुष टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको थियो । माल्दिभ्समा आयोजना भएको सेन्ट्रल जोनमा नेपालले कास्य पदक जितेको थियो । चार दशक लामो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पुरुष भलिबलमा जितेको त्यो पहिलो औपचारिक पदक थियो ।

३६ वर्षे दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष टोलीले अहिले सम्म कुनै पदक जित्न सकेको छैन । यस्तो उपाधि खडेरीमा सेन्ट्रल जोनमा तेस्रो स्थान प्राप्त गर्नु ठूलै उपलब्धि थियो ।  सफलताका हिसाबले त्यसपछि गत वर्ष (२०७६) नेपाली भलिबलका थप ऐतिहासिक बनेको थियो । यसपटकको सफलता भने महिला टोलीले दिलाएको थियो ।

एक महिनाको अन्तरमा महिला टोलीले स्वर्ण र रजत पदक जित्नु अहिले सम्मकै ठूलो उपलब्धि थियो । बंगलादेशमा सेन्ट्रल जोनमा स्वर्ण पदक जितेर फर्केको महिला टोलीले महिला दिन नबित्दै घरेलु कार्टमा १३ औं सागमा रजत पदक जितेको थियो । तीन दुवै नेपालले महिला भलिबलमा पहिलो पटक जितेका पदक थिए । सागमा त्यसअघि ३ वटा कास्य पदक जितेपनि फाइनल भने यसै पटक पुगेको थियो ।

volleyball-male

त्यसमाथि पनि फाइनलमा नेपाली टोलीले दक्षिण एसियाकै बलियो टोलीलाई भारतलाई चुनौती दिएको थियो । यद्दपी नेपाल ३–२ ले पराजित हुँदै रजत पदकमा सिमित भएको थियो । तर, भविष्यमा भारतलाई जित्न सक्ने एउटा सम्भावना भने देखाएको छ ।

भलिबलले दिलाएका यी तीनै महत्त्वपूर्ण सफलताका महत्वपूर्ण हिस्सा हुन् प्रशिक्षक जगदिश भट्ट । पुरुषले कास्य पदक जित्दाका सहायक प्रशिक्षक भट्ट महिलाका दुवै सफलताका मुख्य प्रशिक्षक थिए । त्यसअर्थ उनी नेपाली भलिबलका सबै भन्दा सफल प्रशिक्षक हुन् । भन्डै डेढ दशक लामो प्रशिक्षणमा उनले भलिबलमा इतिहास लेखाउन सफल भएका छन् । यद्दपी महिला टोलीको जिम्मेवारी दिदा उनीमाथि प्रश्न नउठेको होइन ।

तत्कालिन कप्तान विनिता बुढाथोकी, उपकप्तान मन्जु गुरुङ, कोपिला उप्रेती जस्ता सिनियर खेलाडीलाई उनले छनोटको २५ भित्र पनि पारेनन् । भट्ट भलिबल संघका सचिव पनि हुन् । त्यसले उनको निर्णयमा संघको साथ रह्यो । अनुभवी र त्यसअघि सागमा पदक जित्दाका महत्वपूर्ण खेलाडीलाई छनोटमा समेत नराख्दा उनको आलोचन नभएको पनि होइन ।

साग र त्यसअघिको सेन्ट्रल जोनका लागि उनले नयाँ टोली बनाउनुपर्ने र त्यसको जोखिम आफु उठाउन तयार रहेको प्रष्ट पारेका थिए । उहाँहरुले जति योगदान दिनु भयो त्यसका लागि हामीले सम्मान गर्नुपर्छ त्यति बेला भनेका थिए, अब हामी नयाँ टोली बनाउन चाहन्छौं भने नयाँ खेलाडीलाई मौका दिनुपर्दछ । उनको योजनामा संघको ठूलो साथ रह्यो । आलोचनकै बीच उनले सेन्ट्रल जोन र सागको तयारी गरे ।

बंगलादेशमा भएको सेन्ट्रल जोनमा ५ देश सहभागिता रहेको च्याम्पियनसिपमा भट्टकै रणनीतिमा नेपाल एकै सेट नगुमाई च्याम्पियन बनेको थियो । भट्टले आफुमाथि तेर्सिएका सबै प्रश्नको जवाफ त्यहि स्वर्णबाट दिए । सफलताले कमजोरीलाई छोप्छ । त्यो नेपालको अहिले सम्मकै ठूलो सफलता थियो । भट्टका लागि अर्को चुनौति थियो, सागमा सफलता । कास्य पदक जित्दा पनि उनले ठूलो जस पाउने अवस्था थिएन ।

सायद टोलीको मनोबल बढाउनका लागि हुन सक्छ उनले आफ्नो टोलीलाई स्वर्ण पदकको दाबेदार बताउँदै आएका थिए । धेरैलाई विश्वास थिएन, तर पनि सेन्ट्रल जोनको सफलताले उनको दाबीलाई हल्का लिने अवस्था पनि थिए । जब, टोलीलाई उनले सागको फाइनलमा पुर्याए धेरैलाई आशा लाग्यो, नेपालले भलिबलमा स्वर्ण पदक जित्न सक्छ । महिला टोलीले घरेलु दर्शकमा माझ खेल्यो पनि त्यस्तै ।

भारतसँग त्यसअघि एक सेट पनि जित्न नसकेको नेपाल च्याम्पियन बन्ने अवस्था सम्म पुगेको थियो । तेस्रो सेट सकिँदा नेपाल २–१ ले अगाडि थियो । चौथो सेट आफ्नै कमजोरीमा एक अंक नगुमाएको भए, सागमा नेपालको कथा अर्कै हुने थियो । अन्तमा नेपाल ३–२ ले पराजित भएको थियो । तथापी नेपालले रजत पदक जित्नु अहिले सम्मकै ठूलो सफलता थियो ।

‘श्रीलंकालाई हराएर साग इतिहासमा सेकेन्ड मेडल हाम्रो हातमा थियौ,’ भट्ट फाइनल अघिको अवस्था स्मरण गर्दै भन्छन्,’ हामीले स्वर्ण जित्ने सोचेका थियौ । केही दबाबमा खेलेको कारण हामी हार्न पुग्यौं ।’

सागअघि थाइल्यान्डको प्रशिक्षण र सेन्ट्रल जोनको सफलताकै कारण टोलीको आत्मविश्वास बढेको भट्ट मान्छन् । ‘हाम्रा खेलाडीमा अनुभव र फिटनेसको कमी थियो । थाइल्यान्डमा हामीले झन्डै तीन महिना प्रशिक्षण र ७ वटा अभ्यास खेल थियौं । त्यहाँको अभ्यासले खलाडीको फिटनेस र अनुभव बढायो,’ पूर्व राष्ट्रिय खेलाडी समेत रहेका भट्टले भने, ‘त्यसपछि बंगलादेशमा भएको सेन्ट्रल म्याच एक्सिरियन्स भयो । त्यसको फाइदा लगत्तैको सागमा भएको हो ।’

घरेलु कोर्टमा हुने सागमा खेलाडी त्यसै उत्साहित थिए । त्यसमाथि प्रभावशाली व्यक्तित्वहरुबाट खेलाडीलाई मोटिभेट गर्ने प्रयास पनि खेलाडीको उत्साहित भएको भट्टको अनुभव छ । संघको योजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) साथ अन्य प्रशिक्षक भरोसामा सफलता मिलेको भट्ट बताउन्छन् । ‘महिला टोलीको मुख्य प्रशिक्षक बनाएपछि स्वर्ण ल्याउन पर्छ भनेर लागेका थियौं’, उनले भने, ‘खेलाडीलाई मोटिभेसन दिएर एक ढीक्का बनाएर अघि बढाउनु पर्ने अवस्था थियो । सबैसँग सल्लाह गरेर त्यही अनुरुप अघि बढेको हौ ।’

खेल जीवनमा आफ्नो सोच्न पनि नसकेको सफलता भट्टले देशका लागि दिए । सन् २००४ को नवौं सागपछि उनले सक्रिय खेल जीवनबाट सन्यास लिएका थिए । त्यसलगत्तै उनी प्रशिक्षणमा आबद्ध भएका थिए । खेल जीवनदेखि सफल प्रशिक्षणको यात्राबाट भट्ट एउटा निष्कर्षमा पुगेका छन् । ‘हरेक दश बर्ष नेपालमा एउटा खेलको चर्चा हुने गर्दछ । नेपालमा एक समय फुटबलको थियो । कुनै बेला भलिबलको पनि थियो । पछिल्लो समय क्रिकेटको थियो,’ उनले अनुमान लगाए, ‘अब महिला भलिबलले राम्रो गर्न सक्ने सम्भावना देखिएको छ । दक्षिण एसियाली इस्लामिक देशले पनि महिला भलिबलमा लगानी गरिरहेको र उनीहरुले पनि राम्रो सम्भावना देखाएको भट्टले देखेका छन् ।’

‘हामीले महिला टोलीले आउने केहि वर्षमा राम्रो गर्न सकोस् भन्नका लागि केहि जोखिम पनि लिएका हौं । अहिले राम्रो खेलाडी लियौ भने ७, ८ वर्ष यिनिहरुले धान्छन्, ‘उनले भने,’ केहि समय सबैलाई मौका दिनुपर्दछ । हामीले नयाँ खेलाडी पनि तयार गर्दै जानुपर्छ ।’

खेलाडी हुनुभन्दा प्रशिक्षक हुन निकै कठिन रहेको भट्टको अनुभव छ । सफलता वा असफलताको दोष खेलाडीलाई नै आउने हो । अझ असफलतामा बढी आलोचन प्रशिक्षककै हुन्छ । ‘खेलाडी हुँदा आफ्नो खेलका बारेमा सोच्दा पुग्छ । प्रशिक्षकले म्यानेजमेन्ट पनि गर्नुपर्छ । खेलाडीको ३ पुस्ता जान्न पर्छ । खेलाडीले के गर्छ, के खान्छ, मानसिकता के छ सबै बुझ्नुपर्ने हुन्छ’, उनले सुनाए ।

विदेशी प्रशिक्षकले मात्र सफलता दिन सक्छन् भन्ने मानसिकता भने परिवर्तन गर्नुपर्नेमा भट्ट जोड दिन्छन् । ‘विदेशीलाई ठूलो रकम खर्च गरेर ल्याउँदा पनि नतिजा आउन सकिरहेको छैन । अहिलेको मानकिसतामा परिवर्तन ल्याउनुपर्दछ । आफ्नै प्रशिक्षणमा लगानी गर्न सकेको खण्डमा लामो समय उसको सेवा लिन सक्छि । राखेपले खेलाडी र प्रशिक्षकलाई तालिममा पठाउने, केही कुरामा मात्र ध्यान दिने हो भने अन्य देशले भन्दा २५ प्रतिशत मात्रै लगानी गरे पनि हामी राम्रो नतिजा ल्याउन सक्छौं,’ उनले प्रष्ट पारे ।

भलिबल स्पोर्टस डिप्लोमा लेभल २ गरेको भट्ट राखेपका स्थायी प्रशिक्षक हुन् । झन्डै ३ लाख रुपैयाँ खर्च गरेर थाइल्यान्डमा कोर्ष लिन जाँदा राखेपको तत्कालिन नेतृत्वले ५० हजार रुपैयाँ मात्र दिएको तितो अनुभव उनीसँग छ । देशको भलिबल विकास का लागि प्रशिक्षक तयार पार्ने हो भने राज्यले लगानी गर्नुपर्ने उनी देख्छन् ।

भट्टलाई पनि अन्य प्रशिक्षकलाई जस्तै लाग्छ कि कुनै पनि खेलको आधार भूमि ग्रासरुट र स्कुलनै हो । संघ, राखेप वा नेपाल ओलम्पिक कमिटीले तल्लो स्तर देखि खेलाडी खोज्नका लागि काम गर्नुपर्ने र प्रशिक्षक पनि तयार पार्दै लानुपर्ने भट्ट सल्लाह दिन्छन् । ‘ग्रासरुट, स्कुलमा खेललाई कसरी अगाडी बनाउने भन्ने बारेमा ध्यान दिनुपर्छ । एनओसीमा पनि कोचहरुको लागि अवसर आइरहेका हुन्छ । स्पोर्ट साइन्सको विज्ञ, प्रशिक्षहहरुलाई पनि तालिम दिलाउनुपर्दछ । विद्यार्थीलाई खेलमा लाग्न खेलकुद शिक्षक पनि तयार पार्नुपर्ने हुन्छ,’ उनले थपे ।

खेलको विकास र खेलाडी तयार पार्नका लागि लामो समय मेहनत गर्नुपर्ने उनको ठम्याई छ । ‘खेल गतिविधि नभएको बेलामा विद्यालय र त्यहाका विद्यार्थीलाई मोडिभेट गर्न आवश्यक छ । यसका लागि संघ, एनओसी पनि महत्वपूर्ण हुन्छन् । राखेप भनेको हाम्रो अभिभावक हो । वेथितीलाई हटाउँदै खेलमा नै ध्यान दिनपर्छ,’ भट्टले भने ।

भलिबल संघको सक्रियता, खेलको सफलता, कम खर्चमा खेल्न सकिने र भौगोलिक बनोटका आधारमा उत्कृष्ट रहेको भन्दै सरकारले २०७४ को जेठमा राष्ट्रिय खेल घोषणा गरेको थियो । तर, सरकारले अहिले सम्म भलिबलका लागि भने कुनै लगानी गरेको छैन । विना लगानी खेलको विकास मात्र सम्भव छैन । यसपटक केहि रकम छुट्टाइएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बताएपछि भलिबल परिवार केहि उत्साहित छन् । तर, त्यो भन्दा बढी संघका पदाधिकारी बढी मेहनत गर्नुपर्ने अवस्था छ ।

‘कोभिड १९ को कारणले संघको नयाँ नेतत्व चयनका लागि केहि ढिलाई हुने देखिएको छ । समय सामन्य थियो भने संघमा नयाँ कार्यसमिति आइसक्ने थियो । भिजन भएको मान्छे संघको नेतृत्वमा आउन जरुरी छ । जसले प्रायोजकलाई आकर्षित गर्न सकोस् । विदेशी सँग सम्बन्ध स्थापित गर्न सक्ने पछि हुनुपर्दछ,’ संघको नेतृत्वका कस्तो हुनुपर्दछ भन्नेमा उनको भनाई छ,’ संघ नेतृत्व सहित नभए राम्रा प्रशिक्षकले मात्र पनि केही हुँदैन । नेतृत्व सुतेर बस्यो भने केही हुदैन । ‘

सरकारले भलिबलमा केहि लागनी गर्ने, संघले पनि त्यहि अनुरुप योजना बनाउने हो भने आउने केहि वर्षमा भलिबलले अझै प्रगती गर्न सक्ने दाबी भट्ट गर्छन् । ‘भलिबलमा युवा पुस्ताको आकर्षण छ । भलिबलकै माध्यमबाट विभागिय टोली (सेना, प्रहरी, शसस्त्र) मा आबद्ध हुन पाइन्छ भन्ने पनि युवा पुस्तामा विश्वास छ,’ उनले भने,’ यो भलिबलका लागि राम्रो हो । खेलाडी उत्पदान, खेलाडीलाई एक्सपोजर दिने हो भने भलिबल अझै माथि जान सक्छ । ‘

भिडियो अन्तर्वार्ता हेर्नुहोस :

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

१२ ओलम्पियन एकै थलोमा सम्मानित

हिमाल खरेल,मोरङ सिओल ओलम्पिक १९८८ का सहभागी १२ नेपाली ओलम्पियनलाई विशेष सम्मान गरिएको छ । मोरङको सुन्दरहरैँचास्थित होटल नेपालीरिका आयोजित तेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत आज साँझ उनीहरुलाई सम्मान गरिएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा भएको कार्यक्रममा राजकुमारी पाण्डे, मेनुका राउत, हरि रोकाया, […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.