default_image

9 years ago

August 14, 2016

एलए जुनियर खुला टेनिस बुधबारदेखि

159 views

0 Bookmark

काठमाडौं, साउन २९ गते ।
लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा नवौं एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

table tennis phidim

प्रतियोगितामा विभिन्न ३४ विद्यालयका १११ ब्वाइज र ९३ गल्र्स गरी जम्मा २ सय ४ खेलाडीको सहभागिता रहने एलएका टेनिस प्रशिक्षक एवं प्रतियोगिता संयोजक रामेश्वर थापाले जनाएका छन् । जम्मा १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यु–८, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ । त्यस्तै ब्वाइज/गल्र्सको डबल्स स्पर्धा पनि समावेश गरिएको छ ।

स्वर्णलाई १२, रजतलाई ६ र कांस्यलाई ३ अंक प्रदान गरी समग्रमा बेसी अंक प्राप्त गर्ने टिमलाई टिम च्याम्पियनको ट्रफी प्रदान गरिने छ । गत संस्करणमा एलए र सेन्ट जेभियर्स संयुक्त च्याम्पियन बनेका थिए । भूकम्पका कारण गत वर्ष प्रतियोगिता भएन । भदौ ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु हातीवनस्थित आयोजकको कोर्ट र त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा खेलाइने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.