default_image

5 years ago

October 22, 2020

१३औं सागका स्वर्णविजेता सम्मानित

210 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – चितवन जिल्ला तेक्वान्दो कार्यसमितिले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदकविजेता जिल्लावासी तेक्वान्दो खेलाडीलाई सम्मान गरेको छ ।

बिहीबार सौराहास्थित प्रशिक्षण केन्द्रमा सागमा स्वर्ण विजेता र कांस्य विजेता समान २-२ खेलाडीका साथै जिल्लाबाट उत्कृष्ट खेलाडी उत्पादन गर्न सफल प्रशिक्षकलाई सम्मानित गरेको हो । गत मंसिरमा सम्पन्न सागमा स्वर्णविजेताद्वय संगीता बस्याल र पार्वती गुरुङ तथा कांस्य विजेताद्वय शिशिर श्रेष्ठ र जितबहादुर बोट आफ्ना जिल्लाबाट सम्मानित भएका हुन् ।

कार्यसमितिले पार्वती र शिशिरलगायत कयौं राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल प्रशिक्षक रोशन खानलाई पनि नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेको थियो । १३औं सागमा पदक विजेता चारै खेलाडीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

सोही अवसरमा चितवनका पत्रकारद्वय अनिल मल्ल ठकुरी र होमनाथ सापकोटालाई पनि जिल्लाको तेक्वान्दो खेल विकासमा योगदान पुर्याएबापत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला समितिले ३४ सदस्यीय खेलाडी छनोट गरेको थियो ।

यसअघि भएको छनोट प्रतिस्पर्धामार्फत पुम्सेतर्फ चार महिला र पुरुष १० पुरुष तथा फाइटमा २० पुरुष खेलाडीको छनोट गरिएको कार्यसमितिका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.