default_image

9 years ago

September 19, 2016

समीक्षालाई एक्सिलेन्सी पुरस्कार

215 views

0 Bookmark

काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि विजेता न्यु डायमन्ड एकेडेमीकी समीक्षा घिमिरे एक्सिलेन्सी पुरस्कारबाट सम्मानित भएकी छन् ।

Samikshya Ghimire

न्यु डायमन्ड एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घिमिरे सुन्न नसके पनि विगत ४ बर्षदेखि नियमित रुपमा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । उनलाई शेरबहादुर खड्का प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले एक्सिलेन्सी ट्रफीसहित नगद १० हजार बाट पुरस्कृत गरेका हुन् ।

पूर्व राष्ट्रिय खेलाडी तथा भलिबल संघका उपाध्यक्ष खड्काले समीक्षाले भलिबल खेलमा देखाएको समर्पणका लागि सम्मान गरेको बताए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.