4 years ago
August 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तर्फबाट टोकियो २०२० पारालिम्पिकमा सहभागिता जनाउने पारा तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघ अन्तर्गतको पारा तेक्वान्दो समितिले बिदाइ गरेको छ ।

समितिका संयोजक कासिम मियाँले आज एक कार्यक्रममाझ पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई बिदाइ गरेका हुन् । मियाँले पारालिम्पिकमा तेक्वान्दोले राष्ट्रको प्रतिनिधित्व गर्दा गौरव महसुस गरेको बताउँदै पदक ल्याउनेमा आशावादी रहेको बताए ।
‘हामीले पारालिम्पिकको लागि राम्रो तयारी गरेका छौं । राष्ट्रको प्रतिनिधित्व गर्ने एकमात्र खेलको रुपमा टोकियोमा तेक्वान्दो अघि बढ्दैछ । अहिलेको खुसी फर्कंदा पदकले झनै बढी बनाउने आशा राखेको छु । सहभागी प्रशिक्षक र खेलाडीलाई शुभकामना छ,’ उनले भने ।

बिदाइमा टोलीको तयारीका दौरान सहयोग गर्ने व्यक्तिहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । पारालिम्पिकमा सहभागी हुने पलेशा र प्रशिक्षक लामासँगै प्रशिक्षणमा सहयोगी खेलाडी र प्रशिक्षकलाई हौसला अभिवृद्धिका लागि विशेष कार्यक्रम राखिएको थियो । प्रेरक वक्ता रमण भट्टराईले खेलाडी र प्रशिक्षकसँग अन्तरक्रिया र हौसला अभिवृद्धिका गरेका थिए ।
खेलकुदको राष्ट्रिय निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट कुनै ठोस आर्थिक सहयोग नआएपछि समितिले आफ्नै खर्चमा टोलीको तयारी गरिरहेको छ । समितिलाई विभिन्न निजि संस्थाहरुले सहयोग गर्ने वाचा गरेको कार्यक्रममा जानकारी दिइयो । एसबीआई बैंक, एनसीसी बैंक, एनएमबि बैंक, गोएल इस्पात, हिमालय बैंक, सिभिल बैंक, वैद्य अर्गनाइजेसन, सैलुंग कन्स्ट्रक्सन र नारायणी स्टिलले टोलीलाई सहयोग गर्ने बताएका छन् ।

पलेशाले विगत २ महिनायता पारालिम्पिक लक्षित प्रशिक्षण गर्दै आएकी छिन् । खेलाडीको प्रदर्शन उच्च पार्न समितिले फिजियोथेरापीस्ट नेहा शाह र योगा प्रशिक्षक प्रकाश खड्कालाई पनि धन्यवाद व्यक्त गरेको थियो । पलेशालाई कोरियन प्रशिक्षक क्वान योङ दालले पनि नियमित प्रशिक्षण दिँदै आएका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]