default_image

3 years ago

September 28, 2021

गण्डकीको अभावमा सुवास ‘सेट’, प्रतीक्षामा विभागको भेट

सुबास हुमागाईं, काठमाडौं गण्डकी प्रदेशका सुवास कुँवर उमेरले भर्खर १८ वर्ष पुगे । पहिलो पटक शीर्ष प्रतियोगिता खेल्दै गरेका पर्वतका सेटर सुवास यसपटक काठमाडौंमा जारी वाईवाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा गण्डकीको लागि पहिलो रोजाइमा खेलिरहेका छन् । प्रतिभावान खेलाडी सुवासले पहिलो अवसरमा नै समर्थकको मन जितेका छन् । अन्तिम समयमा खेल्ने जिम्मेवारी पाएका […]

268 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

गण्डकी प्रदेशका सुवास कुँवर उमेरले भर्खर १८ वर्ष पुगे । पहिलो पटक शीर्ष प्रतियोगिता खेल्दै गरेका पर्वतका सेटर सुवास यसपटक काठमाडौंमा जारी वाईवाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा गण्डकीको लागि पहिलो रोजाइमा खेलिरहेका छन् । प्रतिभावान खेलाडी सुवासले पहिलो अवसरमा नै समर्थकको मन जितेका छन् । अन्तिम समयमा खेल्ने जिम्मेवारी पाएका सुवास आफ्नो भूमिकामा खरो उत्रिएका छन् ।

गण्डकी प्रदेश नेपाली भलिबलका लागि उर्वर भूमि मानिन्छ । राष्ट्रिय टोलीका लागि खेलाडी उत्पादन मात्र होइन, यस प्रदेशमा स्थानीय स्तरमा पनि भलिबल निकै लोकप्रिय छ । पहाडी भेगको मनमोहक दृश्यसँगै यहाँ भलिबलप्रेमी दर्शकको पनि साथ उत्तिकै रहने गरेको छ । त्यसैले पनि युवा अवस्थामा नै यस क्षेत्रका धेरै जनाले भलिबल खेलेको देख्न सकिन्छ । अधिकांश विभागीय टोलीमा यसै क्षेत्रका खेलाडीको उपस्थिति रहने गरेको छ ।

महिला भलिबलमा एक समय आधिपत्य नै जमाएको गण्डकी अहिले सहभागिता पनि जनाउने गरेको छैन । गण्डकी प्रदेशका खेलाडी विभागबाहेक पनि विभिन्न टोलीका लागि खेल्दै आएका छन् । पुरुष टोलीले भने गत वर्ष घरेलु भूमिमा टाइगर कप जित्दै राष्ट्रिय स्तरको भलिबलमा लामो समय दाबेदारी प्रस्तुत गर्ने संकेत दिएको थियो । युवा खेलाडीले भरिएको गण्डकीले फाइनलमा राष्ट्रिय टोलीका खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी दुर्लभ सफलता हासिल गर्न सफल भएको थियो ।

तर त्यसको एक वर्ष नबित्दै टोलीलाई अहिले प्रतियोगिताको लागि खेलाडी जोहो गर्न हम्मे परेको अवस्था छ । टाइगर कप खेल्दाका खेलाडी अहिले विभिन्न विभाग तथा प्राइभेट क्लबबाट प्रतिस्पर्धा गर्दैछन् । त्यसबेला च्याम्पियन टोलीका कप्तान हरि पाण्डे यसपटक पनि गण्डकीकै टोलीमा छन् । राजु विक र सुजन चोखाल गल्कोटबाट खेलिरहेका छन् । किरण गुराउ, रुपेन्द्र गैरे र सन्तोष थापा एपीएफको टोलीमा आबद्ध छन् । घनश्याम चौधरी र राजन दर्लामी मगर टिपटप हेल्प नेपालको जर्सीमा खेलिरहेका छन् । त्यसबेला टोलीमा रहेका इश्वर थापामगर र दोस्रो सेटरको भूमिकामा रहेका ठगबहादुर गुरुङ पनि टोलीमा पर्न सकेनन् । याम क्षेत्री भारतीय आर्मीमा नै रहँदा टोलीलाई थप समस्या परेको थियो ।

प्रशिक्षक केसी खेलका दौरान

टोलीका नियमित खेलाडीले नखेल्ने भएपछि गण्डकीले भारतबाट खेलाडी भित्र्यायो । टोलीको आवश्यकता अनुसार स्पाइकमा ध्यान दिँदै विदेशी खेलाडी बोलाइयो । तर टोलीमा समावेश भएका सेटर सुजन चोखालले अन्तिम समयमा नखेल्ने बताएपछि टोली पूरा गर्न नै समस्या भयो । नतिजा, टाइगर कपमा उत्कृष्ट प्रशिक्षक घोषित हुँदै पछिल्लो समय गण्डकी प्रदेशको टोलीलाई प्रशिक्षण दिइरहेका रमेश केसी सेटरका रुपमा टोलीमा आए । नियमित सेटर सुजनले नखेल्दा टोलीको समिकरणमा नै असर पर्यो ।

प्रतियोगिताको मुखैमा मुख्य खेलाडीले नखेल्ने बताउँदा विकल्पका रुपमा टोलीमा समावेश गरिएका सुवास कुँवरमा टोलीले विश्वास गर्ने निर्णय लियो । प्रशिक्षक रमेश केसीले स्थानीय प्रतियोगिताको प्रदर्शनबाट प्रभावित भएपछि उनलाई पहिलो पटक प्रदेश टोलीमा समेटेका थिए । राष्ट्रिय स्तरको प्रतियोगिताको अनुभव दिने लक्ष्यसाथ टोलीमा राखिएको सुवासलाई अब खेल्ने समय दिनुपर्ने अवस्था आयो । प्रशिक्षक केसीले आफैं केहि अघिसम्म अलराउन्डरको रुपमा खेलेकाले टोली व्यवस्थापनलाई आफू दोस्रो सेटरको रुपमा उनलाई साथ दिने विकल्प सुनाए । व्यवस्थापनले अन्तिम समयमा त्यहि नै सहि निर्णय रहने भन्दै यी दुईलाई टोलीमा समेटे ।

प्रशिक्षक रहेपनि खेलाडीको रुपमा दर्ता भएपछि केसीले सुवाससँगै आफूलाई पनि फरक भूमिकामा तयार गरे । प्रतियोगिताको सुरुवाती दुवै खेल जितेपछि हाम्रो खेलकुदसँग बोल्दै उनले गण्डकीको यो अवस्था देख्दा दुख लागेको बताए । ‘हाम्रो समयमा प्रदेशबाट खेल्न निकै प्रतिस्पर्धा हुन्थ्यो । अहिले टोलीमा खेल्छु भनेका खेलाडीले पनि अन्तिम समयमा धोका दिए । यो अवस्था देख्दा निकै दुख लाग्छ । उहाँहरुलाई पैसा नै प्यारो भएर होला,’ केसीले दुखित हुँदै सुनाए ।

यता सुजनको अनुपस्थितिपछि टोलीमा अवसर पाएका सुवासले भने नयाँ जिम्मेवारीमा खेल्न पाउँदा खुसी लागेको बताए । ‘पहिलो पटक सिनियर टोलीमा खेल्न पाएको छु । राम्रै गरेजस्तो लाग्छ । खेल्ने क्रममा गल्ती त भइहाल्छ, तर दाइहरुले धेरै कुरा सिकाउनु भएको छ,’ भर्खर १२ कक्षाको परिक्षा सकेका सुवासले सुनाए ।

प्रशिक्षक केसी उनको क्षमतामा शंका गर्नुपर्ने ठाउँ नरहेको बताउँछन् । ‘मैले स्थानीय प्रतियोगितामा उनलाई देखेको थिएँ । निकै राम्रो प्रदर्शन गरेका थिए । उनको विशेषगरी फिंगरिङ एकदम राम्रो छ । अहिले प्रतियोगितामा पनि एकरूपको प्रदर्शन छ । नियमित प्रशिक्षणले झनै राम्रो हुनेछन्,’ उनले भने ।

यसअघि जिल्ला स्तरीय प्रतियोगितामा सिमित रहेका सुवासको भलिबल खेलाडी नै बन्ने लक्ष्य छ । यसपटक प्रदेशको टोलीमा परेपछि उनले निरन्तर राम्रो प्रदर्शन गर्ने आशा राखेका छन् । यहाँबाट प्रभाव जमाएर विभागतर्फ लाग्ने उनको सोच छ । ‘प्रदेशमा अवसर पाएको छु । अब यहाँ राम्रो गरेर जाने त विभागमा नै हो । त्यसको लागि मिहिनेत गर्नुछ,’ उनले सुनाए ।

प्रशिक्षक केसी पनि सुवासले आफ्नो जिम्मेवारीमा राम्रो प्रदर्शन गरिरहेको बताउँछन् । ‘ उनले राम्रो खेलिरहेका छन् । पहिलो प्रतियोगिता भएकाले दबाब नलिन भनेका छौं । युवा भएपनि सबै उस्तै हो भनेर मनोबल उच्च पारेका छौं । विदेशी खेलाडीसँग तालमेल मिलाउन केहि कठिन छ, तर उनले राम्रो गरेका छन्,’ केसीले अनुभव सुनाए ।

यता सुवास पनि विदेशी खेलाडीसँग खेल्दा नयाँ अनुभव रहेको बताउँछन् । ‘पहिलो पटक विदेशी खेलाडीसँग खेल्दैछु । कहिलेकाहीं त रिसाउनु पनि हुन्छ । तर फेरी एकछिनमा नै सम्झाउनु हुन्छ । म पनि मेरो लागि नै हो सोचेर सुधार्ने प्रयास गर्छु,’ उनले भने, ‘ सबै सिनियर खेलाडीसँग खेल्दा दबाब पनि महसुस हुने रहेछ । तर त्यसलाई बिर्सेर अघि बढेको छु ।’

सुवासको परिवारमा कोहि पनि खेलाडी थिएनन् । उनलाई खेलमा लाग्न भने परिवारले साथ दिएको छ । परिवारबारे कुरा गर्दा उनी सुनाउँछन्, ‘बुवा आमाले खेलमा लाग्दा हुन्छ भन्नुभएको छ । हुन त घरमा यसरी खेलमा नै लाग्ने कोहि छैनन् । दाइले गाउँतिर मात्र खेल्नुभयो । दिदीहरु दुवै जनाले खेल्नुभएको छैन । गाउँमा पनि खासै खेल्ने नै कोहि छैनन् । मलाई चाहिं खेलाडी बन्ने इच्छा छ ।’

सुवास खेलकै लागि पहिलो पटक काठमाडौं आएका हुन् । यसअघि जिल्लाको टोलीबाट प्रदेश स्तरमा नै भने खेलेका थिए । दुई दिदीमध्य एकजना काठमाडौं बस्ने उनले सुनाए । पुलिसका कप्तान ईम रानामगरको खेल मनपर्ने बताउने सुवास आफैं पनि उनीजस्तो सेटर बन्न चाहन्छन् । प्रतियोगिताको अनुभव बटुल्न टोलीमा परेका सुवासका प्रतियोगितामा सुरुवाती रोजाइमा खेल्दै आफ्नो क्षमता देखाइरहेका छन् ।

सुवासको उचाई र खेल्ने शैलीले समर्थकको मन जितेको छ । विभागमा जाने रहर बोकेका सुवासमाथि विभागीय टोलीको नजर पनि पर्न थालेको छ । यसैपनि तीन विभागीय टोलीमध्य दुई विभागमा सेटरका लागि प्रतिस्पर्धा खुलाजस्तै छ । एपिएफका नियमित सेटर लोकेन्द्र गिरी चोटका कारण बाहिर छन् । हाल सुरेश थारु र महेन्द्र श्रेष्ठ उक्त पोजिसनमा खेलिरहेका छन् । पुलिसमा पनि सेटरका रुपमा रहेका ईम राना, प्रज्वल मल्ल र शमशेर चन्द पनि करिअरको अन्त्यतिर नै छन् । आर्मीमा भने हरिहजुर थापा र दुर्गा महतोबीच प्रतिस्पर्धा रहेको छ ।

युवा खेलाडी सुवासले अकस्मात पाएको अवसरलाई सदुपयोग गरेका छन् । खेल्ने शैली, शारीरिक बनावट र उमेर सबै उनको साथमा छ । एकातर्फ विभागीय टोलीमा खेलाडी आवश्यकता र अर्कोतर्फ उनको इच्छा समेत त्यसै भएकाले उनको क्षमताले राम्रो स्थान पाउने सम्भावना छ । तर त्यसो नभएको खण्डमा प्रदेशले सुवासजस्ता प्रतिभावान खेलाडीका लागि कम्तिमा पनि नियमित प्रशिक्षणको व्यवस्था मिलाउन सक्नुपर्छ । संघबाट कुनै किसिमको विकासका कार्यक्रम नभएको अवस्थामा विभागीय टोलीले नै भलिबलमा खेलाडी उत्पादनलाई प्रश्रय दिएको अवस्था कसैबाट लुकेको छिन् ।

अझ खेलकुदमा करिअर अघि बढाउन विभाग नै जानुपर्ने कदम नेपाली खेलकुदमा चलिआएको परम्परा नै हो । विभागमा क्षमतावान खेलाडीलाई खेलमा लाग्न आवश्यक प्रशिक्षण र सुविधासँगै खेल करिअरपछि जागिरको पनि सुनिश्चितता हुन्छ । त्यसैले पनि नेपाली खेलकुदमा सुवासजस्ता खेलाडीको लक्ष्य पनि विभाग प्रवेश गर्ने नै रहेको छ । गण्डकीका लागि कम प्रशिक्षणमा पनि राम्रो प्रदर्शन गरेका उनले नियमित प्रशिक्षण र मागदर्शन पाउने हो उनी जाने विभाग मात्र होइन, राष्ट्रिय टोलीकै लागि पनि उनी राम्रो खेलाडीका रुपमा अघि आउन सक्छन् ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.