default_image

2 years ago

December 4, 2021

रियल म्याड्रिडमा भिनिसियसको लय

85 views

0 Bookmark

एजेन्सी – सन् २०१८ मा पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले अप्रत्यासित रुपमा रियल म्याड्रिड छाडे । त्यही समयमा रियलले ब्राजिली युवा प्रतिभावान् विंगर भिनिसियस जुनियरले फ्लामेङ्गोबाट क्लबमा अनुबन्ध गरिसकेका थिए ।

सुरुवाती समयमा विरलै मौका पाएका भिनिले पछिल्लो समय जति खेलमा मौका पाएका छन् । ति सबै खेलमा आफ्नो बलियो उपस्थिति जनाएका छन् । अझ भन्नुपर्दा रियल म्याड्रिडमा उनले आफ्नो प्रदर्शनको गति सुधार्दै स्टार खेलाडीको उभिएका छन् ।

यो सिजन कार्लाे एन्सेलोटीको नजरमा लगातार पहिलो रोजाईम मौका पाइरहेको २१ वर्षीय भिनिले १९ खेल खेल्दा ११ गोल गरिसकेका छन् । निर्णायक गोल गरिरहेका छन् । यो सिजन आधा नहुँदै उनले आफ्नो करिअरको सबैभन्दा उत्कृष्ट समय व्यतित गरेका छन् । पुरै सिजनमा उनले यसअघि १० गोल गर्दा यो सिजन उनले त्यसलाई उछिनेका छन् । ‘फ्युचर सिआर सेभेन’ भन्दै उनको नाम रोनाल्डोसँग जोडिएको थियो ।

असीमित क्षमताका कारण स्टार खेलाडी रोनाल्डोसँग तुलना भएतापनि आफ्नो प्रतिभालाई खुलेर प्रस्फुटन गर्न नसकेका भिनि यो सिजन भने विस्फोटक फर्ममा देखिएका छन् । उनले आफुलाई रियलको अहिलेको टोलीमा महत्वपूर्ण खेलाडीका रूपमा स्थापित गराईसकेका छन्।

सम्भवतः भविष्यमा केलियन एमबाप्पे थपिने कुरा र यो सिजन भिनिसियसको प्रदर्शनले रियल म्याड्रिडलाई खुशी मिल्ने देखिएको छ । रियलले सम्भवत यो जनवरीमा एमबाप्पेलाई अनुबन्धको प्रयास थाल्दै अर्काे समरमा क्लबमा भित्र्याउने योजना छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.