default_image

4 years ago

December 2, 2021

सलाह चम्कदा लिभरपुलको फराकिलो जित

145 views

0 Bookmark

एजेन्सी – इजिप्टियन फरवार्ड मोहम्मद सलाहको दुई गोल तथा एन्ड्रिउ रोबर्टसनले दुई असिस्ट दिएपछि मर्सिसाइड डर्वीमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनमाथि फराकिलो जित आत्मसात गरेको छ ।

लिभरपुलले एभर्टनलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको सहज जितमा जोर्डन हेन्डरसन र डिएगो जोटाले गोल थपे । घरेलु टोलीका लागि डेमाराई ग्रेले एक गोल गरे ।

गुडिसन पार्कमा बुधबार राति भएको खेलको नवौं मिनेटमा जोर्डन हेन्डरसनको गोलबाट लिभरपुलले खेलमा अग्रता लिएको थियो । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए ।

१९औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले जोर्डन हेन्डरसनको पासमा गोल गरेका थिए । ३८औं मिनेटमा डेमाराई ग्रेले गोल गर्दै एभर्टनलाई २–१ को अवस्थामा ल्याउँदै खेलमा फर्कने संकेत दिए ।

६४औं मिनेटमा मोहम्मद सलाहले व्यत्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछ लिभरपुलले खेलमा ३–१ को अग्रता लिन सफल भयो । ७९औं मिनेटमा डिएगो जोटाले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्दै लिभरपुलको जित पक्का गरे ।

यो जितसँगै लिभरपुलले शीष दुईमा रहेका चेल्सी र म्यानचेस्टर सिटीमाथि दवाव कायमै राखेको छ । लिभरपुलको १४ खेलबाट ३१ अंक छ । चेल्सीको ३३ तथा सिटीको ३२ अंक छ । पराजित एभर्टन १५ अंक जोडेर १४औं स्थानमा छ ।

अन्य नतिजा

साउथह्याम्टनविरुद्ध लेस्टर (२–२), वाट्फोर्डविरुद्ध चेल्सी (१–), वेस्ट ह्यामविरुद्ध ब्राइटन (१–१), वल्भ्सविरुद्ध बर्नले (०–०) र एस्टन भिल्लाविरुद्ध म्यानचेस्टर सिटी (१–)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.