default_image

2 years ago

December 3, 2021

रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टरको रोमाञ्चक जित

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ । एक गोलले पछि परेको अवस्थामा युनाइटेडले घरेलु मैदानमा आर्सनलमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित आत्मसात गरेको हो । ओल्ड ट्राफोर्डमा बिहीबार राति प्रतिस्पर्धात्मक बनको खेलको १३औं मिनेटमा मोहम्मद इलानेको पासमा इमिल सिथ रोवीको गोलबाट […]

153 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ ।

एक गोलले पछि परेको अवस्थामा युनाइटेडले घरेलु मैदानमा आर्सनलमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित आत्मसात गरेको हो । ओल्ड ट्राफोर्डमा बिहीबार राति प्रतिस्पर्धात्मक बनको खेलको १३औं मिनेटमा मोहम्मद इलानेको पासमा इमिल सिथ रोवीको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो ।

तर त्यो अग्रतालाई आर्सननले पहिलो हाफमै जोगाउन सकेन । ४४औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । ५२औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई खेलमा २–१ को अग्रता दिलाए । उनले मार्कस रासफोर्डको पासमा गोल गरेका सथए ।

५४औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले गाब्रियल मार्टिनेलीको पासलाई सदुपयोग गरेका थिए । ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–२ को रोमाञ्चक पुनरागमन जित दिलाए ।

मार्टिन ओडेगार्डले पेनाल्टी बक्समा फ्रेडलाई अनावश्यक ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युनाइटेडलाई पेनाल्टी प्रदान गरेको थियो । आर्सनलविरुद्ध दुई गोल गरेपछि रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोलको आँकडा पार गरेका हुन् ।

जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा रहेको छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने अवसर खेर फाल्दा २३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.