4 years ago
December 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । तेस्रो चरणका सबै ७ खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

तेस्रो चरणको पहिलो खेल फ्रेन्ड्स क्लब र रुस्लान थ्री स्टार क्लबबीच ललितपुर डर्वीको प्रतिस्पर्धा हुनेछ । खेल दिउँसको १ बजेपछि हुनेछ ।दोस्रो खेलमा नव प्रवेशी सातदोबाटो युथ क्लब र विभागीय नेपाल एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ४ः४५ बजेपछि हुनेछ ।
ललितपुर डर्वीमा थ्री स्टार फ्रेन्ड्सलाई पराजित गर्दै लिगमा दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले पराजित गरेको थ्री स्टार दोस्रो खेलमा सातदोबाटोसँग १–० ले स्तब्ध बनेको थियो । थ्री स्टार फ्रेन्ड्सलाई हराउँदै आफ्नो जितको लयमा फर्कन चाहन्छ ।
यता, दुई खेल खेल्दा जित हात पार्न नसकेको फ्रेन्ड्स थ्री स्टारलाई स्तब्ध पार्दै लिगमा पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछ । पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलेको फ्रेन्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा २–१ ले पराजित भएको थियो ।

गत सिजनको लिगमा फ्रेन्ड्सले थ्री स्टारलाई १–० ले पराजित गरेको थियो । फ्रेन्ड्स यसपटक पनि सोहि इतिहास दोहोर्याउने लक्ष्यमा हुँदा थ्री स्टार उक्त हारको बदला लिदै जितको लयमा फर्कने दाउमा हुनेछ ।
यता सुरुवाती दुई खेलमा अपराजित रहँदै लिगमा दमदार सुरुवात गरेको नवप्रवेशी सातदोबाटो एपीएफलाई पराजित गर्दै लिगमा अपराजित रहने लक्ष्यमा हुनेछ । पहिलो खेलमा फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारमाथि १–० को सनसनीपुर्ण जित निकालेको थियो । लगातार दुई हार बेहोरेर अंकविहीन एपिएफ पहिलो अंक जोड्ने दाउमा हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]