4 years ago
December 3, 2021
काठमाडौं (हाम्रो खेलकुद)– युवा खेलाडी र नयाँ प्रशिक्षकका साथ कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको सुरुवात गरेकाले पनि तालमेल मिलाउन कठीन भइरहेको थ्री स्टार क्लबका प्रशिक्षक रविन्द्र सिलाकारले बताएका छन् ।

छिमेकी क्लब फ्रेन्ड्ससँग दशरथ रंगशालामा शुक्रबार १–१ को बराबरीपछि सिलाकारले भने, ‘हामी एउटा फरवार्ड लिएर खेलिरहेका छौं । त्यसले हामीसँग भएका अनुभवी मिडफिल्डको भरमा खेल्नु परेको छ । हामीले केहि राम्रो अवसर पनि पाएका थियौं । दुर्भाग्य गोल हुन सकेन । तर, पनि टोलीले जसरी प्रदर्शन गर्यो त्यसमा हामी सन्तुष्ट छौं ।’
मिडफिल्डमा धेरै विकल्प भएका कारण फ्रेन्ड्सविरुद्ध नयाँ रणनीतिका साथ खेलेको उल्लेख गर्दै त्यसमा सफलता मिलेको सिलाकारले बताए । उनले भने, ‘गोल पनि निस्कियो । खेलमा पनि सुधार भएको छ । तर अझै हामीले यो भन्दा राम्रो गर्न सक्छौं ।’
लिगको पहिलो खेलमा विजय प्राप्त गरेको थ्री स्टारले दोस्रो खेलमा सातदोबाटोसँग १–० को हार बेहोरेको थियो । फ्रेन्ड्सविरुद्ध पनि टोली एक समय खेलमा पछि परेको थियो । उत्कृष्ट तालमेलका साथ मिच्छेन तामाङले बराबरी गोल गरेका थिए । केहि राम्रो अवसर पनि टोली गुमाएको थियो । टोलीले अझै राम्रो प्रदर्शन गर्न नसक्नुमा भने प्रशिक्षकहरुकै कमजोरी रहेको सिलाकारले बताएका छन् ।
उनले प्रत्येक खेलका लागि योजना बनाएर खेल्ने गरेको पनि सुनाए । हामी पहिलो पटक विकेन्ड लिगमा खेलिरहेका छौ । त्यसमा अभ्यस्त हुन हामीले योजना बनाउनुपर्ने हुन्छ, उनले भने, ‘पहिला हरेक दुई दिनमा खेल पथ्र्यो धेरै योजना बनाउने ठाँउ हुन्थेन ।’ थ्री स्टारको लक्ष्य भनेको सदा जस्तै च्याम्पियन बन्ने रहेको उल्लेख गर्दै सिलाकारले उपाधि दौडमा रहेका टोलीसँग राम्रो नतिजा निकालेको खण्डमा लक्ष्य प्राप्त सम्भव रहेको बताए ।
फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले भने जित्ने खेल बराबरीमा रोकिनु दुर्भाग्य भएको बताए । ‘दुवै क्लबसँग आफ्नो भावनात्मक सम्बन्धका बारेमा बोल्दै भने, म फ्रेन्ड्स र थ्री स्टार दुवैको खेलाडी र प्रशिक्षक रहिसकेको छु । सायद भाग्यले पनि बराबर नै होस् भने जस्तो लाग्यो । तर अहिले जुन टिममा छु त्यसले जितोस् भन्ने त हुन्छ नै ।’
फ्रेन्ड्समा राष्टिय यू २३ का प्रशिक्षक बालगोपाल महर्जन प्राविधिक निर्देशकका रुपमा रहेका छन् । महर्जनसँग आफ्नो दसौं वर्षदेखिको सहकार्य हुँदै आएकाले उनी टोलीमा रहँदा आफूलाई योजना बनाउन निकै सहज भएको मिश्रले बताए ।
सातदोबाटो क्लबसँग गोलरहित बराबरी खेल्दै लिगको सुरुवात गरेको फ्रेन्ड्सले दोस्रो खेलमा संकटासँग २–१ को हार बेहोरेको थियो । ३ खेलमा थ्री स्टारको ४ अंक पुगेको छ भने फ्रेन्ड्सको २ अंक छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]