4 years ago
December 3, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो हाफको अन्त्यतिर अजायी मार्टिन चम्केपछि सातदोबाटो युथ क्लबले नेपाल एपिएफ क्लबविरुद्धको मध्यान्तर अघि २–० को अग्रता लिएको छ।

४२ औं मिनेटमा मार्टिन अजयीले गोलबाट सातदोबाटोले अग्रता लिएको थियो । कप्तान मानबहादुर तामाङको फ्रिकिक प्रहारलाई पेनाल्टी बक्सबाट एपिएफका खेलाडीले बल क्लियरको प्रयास गरे । त्यहि रिबाउन्डमा प्राप्त बललाई सुदीप गुरुङले पास निकाले र त्यहि बलमा मार्टिनले पेनाल्टी बक्सबाट एपिएफका परिवर्तित गोलकिपर दिलकुमार लिम्बुलाई कुनै मौका नदिइ गोल गरेका थिए ।
मार्टिनले नै ६ मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा अर्को गोल थपेका थिए । पासाङ लामाले दिएको पासमा मार्टिनले प्रहार गरेको बललाई दिलकुमारले नियन्त्रणमा लिन सकेनन्, त्यहि बलमा मार्टिनले हेड गर्दै अग्रतालाई दोब्बर पारे ।
अघिल्लो खेलमा थ्री स्टार क्लबलाई १–० ले नै स्तब्ध पारेको सातदोबाटोले ३९ औं मिनेटमा गोलको राम्रो अवसर पाएको थियो । दुई पटकको प्रहारलाई एपिएफका गोलकिपर दिलकुमारले सफल हुन दिदएनन् । पाँचौं मिनेटमा आभाष लामिछानेले प्राप्त मौका सदुपयोग गर्न नसक्दा एपिएफ अग्रता लिनबाट चुक्यो । २४ औं मिनेटमा सातदोबाटोका मानबहादुरको प्रहार पोष्ट माथिबाट बाहिरियो ।
कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो अघिल्लो दुई खेलमा अपराजित रहेको थियो । पहिलो खेलमा फ्रेन्ड्ससँग बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारलाई स्तब्ध पारेको थियो । ब्रिगेड ब्वाइज क्लबसँग पहिलो खेलमा ३–२ को हार बेहोरेको एपिएफले दोस्रो खेल च्यासलसँग १–० ले गुमाएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]