default_image

4 years ago

December 3, 2021

मार्टिन्सले गरे लिगको पहिलो ह्याट्रिक

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको १६ औं खेलमा आएर पहिलो ह्याट्रिक भएको छ । नवप्रवेशी सातदोबाटो युथ क्लबका नाइजेरियन फरवार्ड अजायी मार्टिन्स जारी लिगमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

अजायी मार्टिन्स (दायाँ) र पिटर सेगुन गोलको खुसी साट्दै

एपिएफ क्लबविरुद्ध ४–१ को सानदार जित निकाल्दा मार्टिन्स नायक बने । थ्री स्टारका पूर्व खेलाडी मार्टिन्स यो लिगमा गोल गर्ने २४ औं खेलाडी हुन् । गत सिजन संकटाबाट लिग खेलेका मार्टिन्सले त्यसअघि थ्री स्टारबाट पनि खेलेका थिए । प्रशिक्षक मेघराज केसीले मार्टिन्ससँग थ्री स्टारमा काम गरेपछि यस सिजन सुरुवातमा नै पिटर सेगुन र मार्टिन्सलाई विदेशी खेलाडीका रुपमा भित्र्याएका थिए ।

लिगमा खेलेका सबै ३ खेलमा अपराजित रहेको सातदोबाटोले अघिल्लो खेलमा पूर्व विजेता थ्री स्टारलाई १–० ले हराएको थियो । पहिलो खेलमा फ्रेन्ड्सँग गोलरहित बराबरी खेलेको सातदोबाटो ३ खेलमा ७ अंक जोड्दै शीर्षस्थानमा उक्लेको छ ।

लिगको ९१ मध्ये १६ खेल सकिँदा ३० गोल भएको छ । त्यसमा २५ खेलाडीले गोल गरेका छन् । मार्टिन्सले ह्याट्रिक गर्दा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दीनेश राई र मछिन्द्र फुटबल क्लबका सुनिल बलले समान २ गोल गरेका छन् । बाँकी २३ खेलाडीले भने समान १ गोल गरेका छन् । सातदोबाटोका करण रावतको नाममा एउटा आत्मघाती गोल रहेको छ । लिगमा १६ खेलमा पहिलो हाफमा १० र दोस्रो हाफमा २० गोल सम्भव भएको थियो ।

कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८

पहिलो राउन्ड

१. फ्रेन्ड्सविरुद्ध सातदोबाटो (०–०)

२. शेर्पाविरुद्ध संकटा (१–१)

३. च्यासलविरुद्ध थ्री स्टार (०–३)

४. बीबीसीविरुद्ध एपीएफ (३–२)

५. जावलाखेलविरुद्ध मनाङ (०–१)

६. आर्मीविरुद्ध पुलिस (१–१)

७. मच्छिन्द्रविरुद्ध एनआरटी (२–१)

दोस्रो राउन्ड

८. सातदोबाटोविरुद्ध थ्री स्टार (१–०)

९. संकटाविरुद्ध फ्रेन्ड्स (२–१)

१०. च्यासलविरुद्ध एपीएफ (१–०)

११. शेर्पाविरुद्ध मनाङ (०–१)

१२. जावलाखेलविरुद्ध पुलिस (०–१)

१३. बीबीसीविरुद्ध एनआरटी (०–०)

१४. आर्मीविरुद्ध मच्छिन्द्र (०–०)

तेस्रो राउन्ड

१५. फ्रेन्ड्सविरुद्ध थ्री स्टार (१–१)

१६. सातदोबाटोविरुद्ध एपिएफ (४–१)

जम्मा खेलः १६

जम्मा गोलः ३०

पहिलो हाफमा गोलः ९ गोल

दोस्रो हाफमा गोलः २१ गोल

ह्याट्रिकः १ (अजयी मार्टिन्स, सातदोबाटो)

गोलकर्ता

१. लक्ष्मण रुचाल (संकटा)– १+

२. त्रिदेव गुरुङ (हिमालयन शेर्पा)– १+

३. निशान खड्का (थ्री स्टार) – १+

४. राफयल रिमगागो (थ्री स्टार) – १+

५. अनन्त तामाङ (थ्री स्टार) – १+

६. दिनेश राई (बिबिसी) – २+

७. आशिष लामा (एपिएफ)– १+

८. विकी तामाङ (एपिएफ) – १+

९. सुरज गुरुङ (बिबिसी) – १+

१०. दिनेश राजवंशी (मनाङ)– १+

११. सन्तोष हेमरुन (पुलिस)– १+

१२. विवेक बस्नेत (आर्मी)– १+

१३. सुनिल बल (मछिन्द्र)– २+

१४ एरिक विष्ट (एनआरटी)– १+

१५. सुदिप गुरुङ (सातदोबाटो) – १+

१६. प्रकाश बुढाथोकी (फ्रेन्ड्स)– १+

१७. निरज बस्नेत (संकटा)– १+

१८. फोडे फोफाना (संकटा) – १+

१९. रुमेश बर्ताैला (च्यासल) – १+

२०. ओलावाले (मनाङ)– १+

२१. सुमन लामा (पुलिस)– १+

२२. नाथानिल जुडे गार्सिया (फ्रेन्ड्स) –१+

२३. मिक्छेन तामाङ (थ्री स्टार)–१+

२४. अजयी मार्टिन्स (सातदोबाटो)–३+

२५. सुशिल राई (सातदोबाटो)–१+

२६. करणा रावत (आत्मघाती) १+

आत्मघाती गोल – १

करण रावत (सातदोबाटो) एपीएफविरुद्ध

पहेंलो कार्डः ५१ (नविन श्रेष्ठ – मछिन्द्र अफिसियल, युगल किशोर राई – हिमालयन शेर्पा प्रशिक्षक)

रातो कार्ड – १ (रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) सातदोबाटोविरुद्ध)

पेनाल्टीमा गोल – ०

पेनाल्टी मिस – १ (विकास मेराग्लिया (थ्री स्टारविरुद्ध)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.