default_image

4 years ago

December 4, 2021

गोलकिपर अभावले बदलिएको खेल

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल सामूहिक खेल भएकाले टोलीमा सबैको भूमिका महत्त्वपूर्ण हुन्छ । मैदान भित्र मात्र होइन, बाहिर हुनेको पनि उत्तिकै प्रभाव रहन्छ । फुटबल त्यस्तो रोमान्चक खेल हो जहाँ हर सेकेण्ड नयाँ मोड आउँन सक्छ ।

मैदान प्रवेश गर्नुअघिकै सबै योजनाले काम गर्छ नै भन्ने हुँदैन । नसोचेका अनेक घटना हुन सक्छन् । पोजिसन अनुसार मैदानभित्र ११ नै खेलाडीको आ आफ्नो जिम्मेवारी हुन्छ । त्यसमा गोलकिपरको भूमिका अन्य खेलाडीभन्दा बेग्लै हुन्छ । गोलकिपरका लागि टोलीमा धेरै विकल्प पनि हुँदैन । हरेक टोलीमा समग्रमा सामान्यता ३ गोलकिपर राखिन्छ भने हरेक खेलका लागि २ ।

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको १६ औं खेलको नतिजा गोलकिपरमा बढी निर्भर गर्यो भन्दा गलत हुने छैन । जारी लिगमै पहिलो ह्याट्रिक भएको उक्त खेलमा सातदोबाटो युथ क्लबले नेपाल एपिएफ एफसीलाई ४–१ ले हरायो । एपिएफमा पहिलो रोजाईका राजु योगी चोटग्रस्त छन् र उनी कम्तीमा ३ साता मैदान बाहिर रहने बताइएको छ । उनको अनुपस्थितिमा दोस्रो रोजाईका अमृत चौधरीले एपिएफको पोष्ट सम्हालेका थिए । तर, उनी पनि खुट्टामा लागेको चोटका कारण १९ औं मिनेटमै मैदान छाड्न बाध्य भए । उनलाई स्ट्रेचरमै बाहिर लागिएको थियो ।

अमृत घाइते भएपछि पोष्ट सम्हाल्न पुगे दिलकुमार लिम्बु । अमृत घाइते हुनु एपिएफका लागि दुर्भाग्य नै रह्यो । अमृतले मैदान छाड्दा गोलरहित बराबरीको अवस्थामा रहेको खेल अन्त्यसम्म पुग्दा एपिएफ फराकिलो अन्तरले पराजित हुन पुगेको थियो । सातदोबाटोका प्रशिक्षक मेघराज केसी र एपिएफका प्रशिक्षक कुमार थापा दुवैले गोलकिपरको कारण नतिजामा फरक परेको बताए ।

‘स्ट्राइकर लाइनमा हाम्रो समस्या अझै छ । समाधान भएको छैन । अवसर गुमेको छ । बरु नसोचेको गोल निस्केको छ’, सातदोबाटोका प्रशिक्षक केसीले भने, ‘एपिएफको पहिलो र दोस्रो रोजाईको गोलकिपर घाइते हुनु दुर्भाग्य हो । त्यसको एडभान्टेज हामीलाई भयो ।’

एपिएफका प्रशिक्षक थापाले भने, ‘किपरको कारण पनि गाह्रो भयो । दिलकुमारले पहिलो पटक खेलेको । राजु र दोस्रो किपर अमृत पनि घाइते । पहिलो पटक रंगशालामा खेलेको त्यसले पनि दबाब भयो । किपरको अप्सन खोज्दैछौं । विशेष भुमिका हो । किपर खोज्नु पर्ने भएको छ । राजु दुई तीन साता, अमृत अस्पताल लगेको छ । हेर्न बाँकी छ । किपरको अभाव नै भयो ।’

केसीले पानी परेर मैदानका कारण खेल चित्तबुझ्दो हुन नसकेको बताए । ‘हामीले सोचे जस्तो स्तरको खेल भएन । नतिजाका हिसाबले खुसी छु । एपिएफले पनि राम्रो खेल्यो’, उनले भने, ‘खाली उनीहरुले आक्रमण बुन्न सकेनन् । डिफेन्स , मिडफिल्डबाट बिल्डअप गरेर अट्याकीङ थर्ड सम्म पुर्याएका थिए । दुर्भाग्य पोल आक्रमण भएन । हामीले डिफेन्समा राम्रो गर्यौं ।’

केसीले अहिले पनि अंकतालिका हेर्ने बेला नभएको दोहोर्याएका छन् । ३ खेलमा २ जित र १ बराबरीका साथ शीर्षस्थानमा रहेको सातदोबाटोका प्रशिक्षक केसीले थपे, ‘भर्खर तीनवटा खेल सकियो । २० प्रतिशत सकियो । अहिले टेबल हेर्ने बेला भएको छैन । मिहिनेत गर्ने बेला हो । फलको लागि समयलाई छाडेको छु ।’

उनले हरेक खेल जित्नका लागि नै खेल्ने गरेको सुनाउँदै केसीले भने, ‘मेन्टालिटी नि जितको हुन्छ । खेल्दै जादा के हुन्छ त्यो अर्को पाटो हो । पहिलो खेलमा ३ अंक गुमायौं । १० खेल पनि जित्नकै लागि खेल्छौं ।’ केसीले रेफ्रीको प्रदर्शनको बारेमा प्रतिक्रिया दिन चाहेनन् ।

तर, एपिएफका प्रशिक्षक थापाले भने रेफ्री उमेश बिडारीका बारेमा बोले । उनले भने, ‘रेफ्रीको प्रदर्शन हाम्रो किपरकै जस्तो प्रदर्शन भयो । अलि अनुभवी चाहिन्छ । उहाँले बी डिभिजन पनि खेलाउनु भएको छ कि छैन मलाई थाहा छैन ।’

लगातार तेस्रो खेल हारेपछि टोलीमाथि दबाब झन बढेको जनाएका थापाले टोली रेलिगेसनमा भने नपर्ने दाबी गरे । अरु खेलमा हामी जित्छौं भन्ने विश्वास छ । अझै ३० अंकको खेल बाँकी छ । मलाई विश्वास छ हामी १५ अंक जोड्नेछौं ।

खेल हारेर दबाब हुन एक ठाँउमा भए पनि हरेक खेलमा सुधार भने भइरहेको थापाले बताए । ‘खेलमा सुधार हुँदै आएको छ । मार्जिन भए पनि । राम्रो लिनुपर्छ । ३ प्वाइन्ट त गयो गयो’, उनले भने, ‘३ खेल हार्नु भनेको दबाब हो । कम ब्याक गर्छ जस्तो लाग्यो । पहिलो गोल अफसाइड जस्तो लाग्यो । बढी नै दबाब भयो ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.