default_image

4 years ago

December 4, 2021

मनाङ र संकटा तथा च्यासल र एनआरटी खेल्दै

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) तेस्रो राउन्डको दोस्रो दिनको खेलमा दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

उपाधि दावेदार मनाङ–मर्स्याङ्दी क्लबले संकटा क्लबसँग दिँउसो १ बजे प्रतिस्पर्धा गर्दा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) बीचको रोमाञ्चक खेल दिउँसो ४:४५ बजे हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

मनाङ संकटालाई पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । अन्जन विष्टको कप्तानीमा मैदान उत्रने मनाङसँग ओलावाले आफिज, एडेलाजा सोमिडे, दयानन्द सिंह, पुजन उपरकोटी, दिनेश राजवंशी, नितिन थापा, निशान लिम्बु, आदित्य चौधरी र विमल रानालगायतको खेलाडीको साथ रहेको छ ।

यता, संकटा पनि मनाङको अपराजित यात्रालाई टुंग्याउँदै लिगमा लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको संकटाले दोस्रो खेलमा फ्रेन्ड्समाथि २–१ को पूनरागमन जित रचेको थियो ।

टोलीसँग सरोज दाहाल, लक्ष्मण रुचाल, सुभास गुरुङ, जय गुरुङ, फोडे फोफाना र टम्पी अर्नेष्टलगायतका खेलाडी छन् । मनाङको दुई खेलबाट ६ अंक छ । संकटाको ४ अंक छ ।

अर्काे आइभोल्टेज खेलमा च्यासल र एनआरटी खेल्दा दुवै टोली जितको लक्ष्यमा मैदान उत्रनेछ । च्यासल दोस्रो जितको खोजीमा रहँदा एनआरटी लिगमा पहिलो जित निकाल्ने योजनामा हुनेछ । च्यासलको दुई खेलबाट ३ अंक छ । च्यासलसँग विराज महर्जन, कमल श्रेष्ठ, विकास मेराग्लिया, मोउसा अवांगा, रुमेश बर्ताैला, यान्निक केट्चा, अजित गुरुङ र राजीव लोप्चन रहेका छन् ।

उत्कृष्ट विदेशी फरवार्डको साथ पाएपनि एनआरटीले जितको स्वाद चाख्न पाएको छैन । स्टेफन विनोङ र मेसुके ओलुमोउ, एरिक विष्ट, रन्जन विष्ट, शिव गुरुङ, विक्रम धिमाल र वियक वियकको साथ रहेको छ । एनआरटीको १ अंक छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.