default_image

4 years ago

December 4, 2021

ए डिभिजनमा पोखरेली प्रशिक्षकबाट एक अर्काको तारिफ

444 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार १–१ को बराबरी खेल्दा टचलाइनमा २ पोखरेली प्रशिक्षक रहेका थिए । जन्म घर तनँहु भएपनि कर्म भूमिका पोखरा बनाएका विष्णु गुरुङले संकटाको कमान सम्हालिरहेका छन् । मनाङले भने यसपटक राजेन्द्र तामाङको प्रशिक्षणमा लिग खेलिरहेको छ ।

पहिलो पटक ए डिभिजन लिगको क्लबलाई प्रशिक्षण दिइरहेका गुरुङको टोली संकटा लिगमा अपराजित छ । ३ खेलमा उनको टोलीले २ बराबरी र १ जितका साथ ५ अंक जोडेको छ र टोली तालिकाको तेस्रो स्थानमा छ । शनिबार खेलमा दुई पटक अग्रता लिएपनि अन्तिम समयमा सम्हालिन नसक्दा संकटा जितको नजिक पुगेर बराबरीमा चित्त बुझाउनु परेको थियो ।

संकटा, थ्री स्टारका पूर्व खेलाडी समेत रहेका गुरुङले सक्रिय खेल जीवन छाडेको दुई वर्ष मात्र भएको छ । उनले तामाङको प्रशिक्षणमा थ्री स्टारबाट २०७२ को राष्ट्रिय लिग उपाधि खेलाडीको भूमिकामा जितेका थिए ।

यता तामाङको नेतृत्वमा मनाङ ३ खेलमा अपराजित छ । २ जित र १ बराबरी गरेको टोली ७ अंकका साथ दोस्रो स्थानमा छ ।

अन्तिम समयमा ध्यानाकर्षण गुमाउँदा गोल खानु परेपनि टोलीको प्रदर्शनबाट भने गुरुङले खुसी व्यक्त गरे । ‘प्रदर्शनबाट म खुसी छु । हरेक टिमसँग हामी नयाँ प्लानका साथ आएका छौं । मनाङ बलियो टोली हो त्यसैले हामी सचेत थियौं’, उनले भने, ‘अन्त्यमा ध्यान केन्द्रित गर्न नसक्दा खोल खायौं । हातमा आएको अंक गुमायौं । तर पनि प्रर्दशनबाट खुसी छ ।’

मनाङका पूर्व खेलाडी समेत रहेका तामाङलाई राम्रो प्रशिक्षक बताउँदै गुरुङले भने, ‘मैले उहाँबाट धेरै सिकेको छु । उहाँमात्र होइन अन्य प्रशिक्षक किरण श्रेष्ठ, बाल दाई (बाल गोपाल महर्जन), टेक्निकल डाइरक्टर ग्यारी फिलिप्स र राष्ट्रिय टोलीका अब्दुल्लाह अलमुताइरीबाट पनि सिकरहेको छु । अझ धेरै सिक्नुछ ।’

तामाङले पनि गुरुङको तारिफ गरे । ‘उसले राम्रो गरिरहेको छ । कोर्स गरेर तयारीका साथ आएका छन् । आज हामीलाई गाह्रो पारे ।’ तामाङले आक्रमणमा अझैपनि सोचेजस्तो प्रदर्शन नभएको औंल्याए । ‘हाम्रो आक्रमणमा सोचेजस्तो भएको छैन । आज पनि विदेशी सोमिडेको स्थानमा अर्का खेलाडी (निशान लिम्बु) ले राम्रो खेलेका कारण अवसर दियौं । सोमिडे केहि घाइते पनि छन् त्यसैले फिजियोको सल्लाहमा सुरुवात नगराएका हौं ।’

उनले संकटाले मनाङभन्दा राम्रो प्रदर्शन गरेको बताए । उनले थपे, ‘क्वालिटी प्लेयर तुलानात्मक रुपमा हामीसँग थियो । तर टिममा उनीहरु राम्रो देखिए । खेल्ने शैली फरक थियो । हामी भन्दा बेटर थियो ।’

खेल जीवनमा रहँदा रहँदै केहि समय रोजगारीका सिलसिलामा विदेश पुगेका गुरुङ पुनः स्वदेश फर्केर खेलाडीका रुपमा सक्रिय भएका थिए । केहि वर्षअघि उनी प्रशिक्षणमा सामेल भएका थिए । सी, बी हुँदै यसै बर्ष गुरुङले एएफसी ए लाइसेन्स प्राप्त गरेका थिए । फुटबलमा फर्केयता आफू रमाइरहेको उल्लेख गर्दै उनले भने, ‘एकदम रमाइरहेको छु । पहिला छाडेर गएको थिए । अहिले फर्केर फुटबलमा रामाइरहेको छु। रमाउने क्रममा धेरै कुरा सिक्छु । गल्ति नि गर्छु होला । आगामी दिनमा राम्रो गर्ने कोशिस गर्छु ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.