3 years ago
December 5, 2021
एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलान र इन्टर मिलानले सफलता हात पार्दा नेपोलीले हार बेहोरेको छ । घरेलु मैदानमा सालेरनीटानालाई २–० ले पराजित गर्दै मिलान शीर्षस्थानमा उक्लिएको छ ।
मिलानको जितमा फ्रान्क केस्सी र एलेक्सिस साइलमेकर्सले गोल गरे । दुवै गोल पहिलो हाफमा १४ मिनेटको अन्तरमा भएको थियो । मिलानोमा शनिबार राति भएको खेलको पाँचौ मिनेटमा फ्रान्क केस्सीको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो ।
१८औं मिनेटमा एलेक्सिसले ब्राहिम डियाजको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । त्यसपछि मिलानले आफ्नो अग्रतालाई जोगाउँदै जित निकाल्न सफल भयो । सालेरनीटानाले मिलानको पोस्टमा खासै आक्रमण बुन्न सकेन ।
जितसँगै शीर्षस्थानमा उक्लिएको मिलानको १६ खेलबाट ३८ अंक पुगेको छ । पराजित सालेरनीटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।
अर्काे खेलमा इन्टर मिलानले रोमालाई उसकै मैदानमा ३–० ले पराजित गरेको छ । इन्टरको जितमा हकान चलहानोग्लु, इडेन जेको र डेन्जल डमफ्रेजले गोल गरे । सबै तीन गोल पहिलो हाफमा भएको थियो ।
यो जितसँगै इन्टर मिलान १६ खेलबाट ३७ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित रोमा २५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
यस्तै अर्काे खेलमा नेपोलीले घरेलु मैदानमा एटलान्टासँग ३–२ को हार बेहोरेको छ । एटलान्टाको जितमा रुस्लान मालिनोभ्स्की, मेरिह डेमिरल र रेमो फ्रिउलेरले गोल गरे । नेपोलीका पिओटर जिलेन्स्की र ड्रिएस मेर्टिन्सले गोल गरे ।
यो हारसँगै नेपोली तेस्रो स्थानमा झरेको छ । नेपोली मिलान र इन्टर मिलानसँग पछि परेको हो । नेपोलीलाई हराएको एटलान्टा ३४ंक जोड्दै शीर्ष चारमा रहेको छ ।
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]