default_image

4 years ago

December 5, 2021

लिगमा बिबिसी र आर्मी खेल्दै

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगका दुई अपराजित टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच आइतबार प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा खेल ४ः४५ बजे सुरु हुनेछ ।

सुरुवाती दुई खेलमा बिबिसीले ४ अंक जोडेको छ भने आर्मीले २ अंक बटुलेको छ । बिबिसीले पहिलो खेलमा एपिएफ फुटबल क्लबलाई ३–२ को जित निकालेको थियो । अर्को खेलमा भने एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो ।

त्यस्तै अर्को विभागिय टोली नेपाल पुलिस क्लबसँग १–१ को बराबरीका साथ लिगको सुरुवात गरेको आर्मीले साविक विजेता मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो । साविक उपविजेता समेत रहेको आर्मी जारी लिगमा पहिलो जितको खोजीमा हुँदा बिबिसीले दोस्रो जितका लागि प्रयास गर्नेछ ।

लिगमा शनिबार संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लबले २–२ को बराबरी तथा च्यासल युथ क्लब र एनआरटीले १–१ को बराबरी खेलेका थिए । ७ अंकका साथ सातदोबाटो युथ क्लब लिगको शीर्षस्थानमा छ भने समान अंकका साथ मनाङ दोस्रो स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.