default_image

4 years ago

December 5, 2021

कप्तान भरतको गोलमा आर्मीको पहिलो जित

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेदकुद) – खेल सकिन ५ मिनेट बाँकी रहँदा कप्तान भरत खवासले गोल गरेपछि विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निराशजनक बनेको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । आमीले पहिलो खेलमा पुलिससँग १–१ गोलको बराबरी खेल्दा मच्छ्रिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो ।

निराशजनक बनेको खेलमा दुवै टोलीले खासै पोस्ट आक्रमण बुन्न नसकेपनि खेलको अन्त्यतिर आर्मीले बीबीसीलाई दवावमा राख्दै गोल गर्न सफल भएको थियो ।

खेलको पहिलो मिनेटमा नै गौतम श्रेष्ठको क्रसलाई कप्तान भरत खवासले पेनाल्टी बक्समा अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । त्यही बललाई जर्ज प्रिन्स कार्कीले भेट्न सकेन । २७औं मिनेटमा शिशिर लेखीको फ्रिकिक क्रसबारबाट थोरै बाहिरिदा बीबीसी अग्रता लिनबाट चुक्यो ।

५७औं मिनेटमा गौतम श्रेष्ठका थ्रु बलमा विकास तामाङको हेडरलाई बीबीसीका गोलक्षक पुर्ण चेम्जोङले पञ्च गर्दै बचाए । ६१औं मिनेटमा विवेक बस्नेतको क्रसलाई मनोज राईले गोललाइन नजिकैबाट क्लियर गरिदिदा आर्मी अग्रता लिनबाट चुक्यो । लगत्तै ६२औं मिनेटमा सन्तोष तामाङको पासमा टेक बहादुर बुढाथोकीको चिप प्रहार पोस्ट माथिबाट बाहिरियो ।

८५औं मिनेटमा सन्तोष तामाङले मिलाइदिएको पासलाई भरतले अफसाइड बिट ट्याप गर्दै वान भर्सेस वानको स्थितिमा गोल गर्दा बीबीसीका गोलरक्षकले कुनै प्रतिक्रिया जनाउन सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा आर्मी विजयी हुन सफल भयो । खेलको अन्त्यतिर आर्मीले बीबीसीलाई दवावमा राखेपनि थप गोल गर्न सकेन ।

बीबीसीले भने लिगमा पहिलो हार बेहोरेको छ । बीबीसीले पहिलो खेलमा एपीएफलाई ३–२ ले पराजित गर्दा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो । जितसँगै आर्मीको ३ खेलबाट ५ अंक पुगेको छ । पराजित बीबीसीको ४ अंक छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.