default_image

4 years ago

December 5, 2021

‘उपाधि दौडमा फर्कियौं-‘ आर्मी प्रशिक्षक न्यौपाने

178 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नवीन न्यौपानेले टोली उपाधि दौडमा फर्केको बताएका छन् ।

दशरथ रंगशालामा आइतबार कप्तान भरत खवासको गोलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएपछि न्यौपानेले भने, ‘आज ३ अंक एकमदै महत्त्वपूर्ण थियो । यसले हामीलाई अघि बढ्न मद्दत गरेको छ । अब उपाधि दौडमा अघि बढेको जस्तो लाइछ लाग्छ । स्ट्राइकिङ लाइनमा अझै पनि समस्या छ । मौका त धेरै बनायौं । तर स्कोर निस्केको छैन । राम्रो पक्ष आज स्टाइकरले गोल गरेका छौं । माथि टप ४ मा आयौं ।’

तेस्रो खेलमा आर्मीको यो पहिलो जित हो । पहिलो खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेलको आर्मी दोस्रो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा सन्तोष मान्नुपरेको थियो । ‘कडा मेहनतको प्रतिफल आजको जित हो’, न्यौपानेले थपे, ‘शीर्षस्थानमा रहेका सातदोबाटो, मनाङ मस्र्याङ्दी, संकटा माथि दबाब बढाउँदै गएका छौं ।’

मनाङका पूर्व खेलाडी समेत रहेका न्यौपानले लिगमा सबै टोली उत्तिकै राम्रो रहेको उल्लेख गर्दै भने, ‘विदेशी खेलाडी पनि त्यत्तिकै राम्रो छन् । कुनै टोली कमजोर छैन । आर्मी बलिया छ भन्नुको मतलब अरु नराम्रो भन्न मिल्दैन ।’

न्यौपानेले हरेक खेलमा खेलाडी परिवर्तन पनि धेरै मौका सिर्जना गर्न टोली सफल रहेको सुनाए । ‘हामीले खेलाडी परिवर्तन पछि गोलका लागि मौका सिर्जना गरेका छौं’, उनले भने, ‘यसअघि त्यसलाई सदुपयो गर्न सकेका थिएनौं । आज सक्यौं । त्यो मेरो लागि खुसीको कुरा हो । आज मौका पनि अघिल्ला खेलहरुमा भन्दा रबढी भयो ।’

आफ्नो टोली उपाधि दाबेदार भएको दोहोराउँदै न्यौपानेले थपे, ‘हामी अन्य खेलमा मौका चुकाउँन चाहदैनौं । हाम्रो टोली हाइ इन्टेन्सिटीमा खेल्छ । यस्तै खेल्ने हो । मौका पनि त्यसमै आउने हो । मौकालाई अझै सदुपयोग गर्न सकेका छैनौं ।’

अघिल्लो २ खेलमा ४ अंक जोडेको बिबिसीका प्रशिक्षकले डिफेन्सलाइन अलमलमा पर्दा गोल खान पुगेको बताए । ‘ओभर अलमा फिप्टी फिप्टीको खेल थियो । अफसाइड भनेर हाम्रा डिफेन्डर लाइन्स म्यान हेरेर कुदे’, उनले भने, ‘त्यहि दुर्भाग्य भयो । भरतले राम्रो गोल निकाले ।’

बलियो आर्मीविरुद्ध एक अंक लिने लक्ष्यका साथ उत्रिएपनि दुर्भाग्यवश हार्नु परेको जनाउँदै श्रेष्ठले भने, ‘आर्मीजस्तो बलियो टिमसँग एक अंक लिने लक्ष्य थियो । दुर्भाग्य भयो । लिन सकेनौं । आर्मी लिगको वान अफ दि वेष्ट टिम हो । त्यसबाहेक हाम्रो टोलीले मेहनत गरेर खेल्यो ।’

एपिएफलाई पहिलो खेलमा ३–२ ले हराएको बिबिसीले दोस्रो खेलमा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.