default_image

4 years ago

December 7, 2021

मनाङका प्रशिक्षक फुजा नेपाल आइपुगे

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबका नाइजेरियन प्रशिक्षक तोपे फुजा नेपाल आइपुगेका छन् ।

लामो समयदेखि टोलीको प्रशिक्षकका रुपमा रहेका फुजा सिजनको सुरुवातअघि नै आउने भनिएको थियो । तर भिसा समस्याका कारण उनी आउन ढिलाइ भएको थियो । मंगलबार फुजालाई मनाङका व्यवस्थापक रामबहादुर गुरुङ र अफिसियल मिलन गुरुङ (ज्याक) ले स्वागत गरेका थिए ।

हाल मनाङको प्रशिक्षण राजेन्द्र तामाङले सम्हाल्दै आएका छन् । अब फुजा र तामाङले टोलीमा सँगै काम गर्नेछन् ।

मनाङले लिगको ३ खेलमा अपराजित रहँदै ७ अंक जोडेको छ । टोलीले पहिलो खेलमा जावलाखेललाई तथा दोस्रो खेलमा हिमालयन शेर्पालाई समान १-० ले हराएको थियो । तेस्रो खेलमा संकटासँग भने टोली २-२ को बराबरीमा रोकिएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.