default_image

2 years ago

December 8, 2021

पोर्टाेलाई हराउँदै एट्लेटिको म्याड्रिड नकआउटमा

59 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज क्लब एफसी पोर्टाेमामाथि सहज जित निकाल्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

१० खेलाडीमा समेटिएको एट्लेटिकोले ९ खेलाडीमा समेटिएको घरेलु टोली पोर्टाेलाई ३–१ ले परापजत गर्दै समूह ‘बी’ बाट उपविजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन, एन्जल कोरेआ र रोड्रिगो डि पउलले गोल गरे । पोर्टाेका सर्जियो ओलिभेइराले एक गोल फर्काए ।

पोर्टाेमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५६औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए । उनले थोमस लेमारको पासमा गोल गरेका थिए । ६७औं मिनेटमा यान्निक कारास्को सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो ।

७०औं मिनेटमा वेन्डेल र ७५औं मिनेटमा अगस्टिन मर्चेसिन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली दवावमा पर्दा त्यसको फाइदा एट्लेटिकोले उठाउन सफल भयो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ग्रिजमनको पासमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि रोड्रिगो डि पउलले गोल गर्दै एट्लेटिकोको जित पक्का गरे । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा सर्जियो ओलिभेइराले गोल गरेपनि घरेलु टोलीको हार टरेन ।

यो जितसँगै एट्लेटिको समूहमा ६ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रह्यो । पराजित पोर्टाे तेस्रो स्थानमा रहँदा एसी मिलान ४ अंक जोडेर पुछारमा रह्यो । लिभरपुल शतप्रतिशज जितसहित १८ अंक जोडेर शीर्षस्थानमा रह्यो ।

मंगलबार राति नै भएको खेलमा इंग्लिस क्लब लिभरपुलले इटासलयन क्लब एसी मिलानलाई २–१ ले पराजित गरेको छ । लिभरपुलको जितमा मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरे । मिलानका फिकायो टोमोरीले एक गोल फर्काए ।

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

Success

Thank you for your time.