4 years ago
December 8, 2021
काठमाडौं (हाम्रो खेलकुद)– युथ एथलेटिक्स च्याम्पियनसिपका कारण दुई दिन पछि सारिएको सहिद कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको अन्तिम दुई खेल आज हुँदैछन् ।

दशरथ रंगशालामा दिउँसो १ः०० बजे सुरु हुने खेलमा हिमालय शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।
पुलिस अघिल्ला दुई खेलम अपराजित छ । त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ को बराबरी खेल्दै यसपटकको लिगको सुरुवात गरेको पुलिसले अर्को खेलमा जावलाखेललाई १–० ले हराएको थियो । पहिलो खेलमा संकटासँग १–१ को बराबरी खेलेको हिमालयन शेर्पा दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग १–० ले पराजित भएको थियो ।
अर्को तिर मछिन्द्र दुई खेलमा अपराजित छ । पहिलो खेलमा एनआरटीलाई २–१ ले हराएको मछिन्द्र अर्को खेलमा आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो । जावलाखेलले भने अहिले सम्म अंक जोड्द सकेको छैन । मनाङ र पुलिस दुवैसँग जावलाखेल समान १–० ले पराजित भएको थियो ।
तेस्रो चरणका यसअघिका ५ खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टारले १–१ को बराबरी खेले भने सातदोबाटो युथ क्लबले एपिएफलाई ४–१ ले हरायो । संकटा र मनाङले २–२ तथा एनआरटी र च्यासल युथ क्लबले १–१ को बराबरी खेल्दा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराएको थियो । ७ अंकसहित सातदोबाटो लिग तालिकाको शीर्षस्थानमा रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]