4 years ago
December 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले विभागीय नेपाल पुलिस क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

र्पाले पुलिसविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको हो । खेलको ५३ सेकेन्डमै कप्तान विश्वास श्रेष्ठले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका हुन् । जारी लिगकै यो सबैभन्दा छिटो गोल हो ।
मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वास श्रेष्ठको पेनाल्टी बक्सबाहिरको प्रहार पुलिसका गोलरक्षक शत्रुघन कुमार चौधरीलाई लाग्दै गोलमा परिणत भएको थियो ।
२४औं मिनेटमा भरत साहले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि उनले बललाई नियन्त्रणमा लिन सकेन । दोस्रो हाफ केहीवरमा शुरु हुनेछ ।
शेर्पा पहिलो जितको खोजीमा छ । शेर्पाले पहिलो खेलमा संकटासँग १–१ गोल बराबरी खेलेको थियो । पुलिस दोस्रो जितको खोजीमा रहेको छ । पुलिसले पहिलो खेलमा आर्मीसँग १–१ गोलको बराबरी खेल्दा जावलाखेललाई १–० ले पराजित गेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]