default_image

4 years ago

December 8, 2021

सुमनको गोलमा पुलिसको बराबरी

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब र विभागीय नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा बुधबार भएको खेलमा शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले गोल गर्दा पुलिसका सुमन लामाले बराबरी गोल फर्काएका थिए । खेलको ५३ सेकेन्डमै कप्तान विश्वास श्रेष्ठले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । जारी लिगकै यो सर्वाधिक छिटो गोल हो ।

मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वास श्रेष्ठको पेनाल्टी बक्सबाहिरको प्रहार पुलिसका गोलरक्षक शत्रुघन कुमार चौधरीलाई लाग्दै गोलमा परिणत भएको थियो । २४औं मिनेटमा भरत साहले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि उनले बललाई नियन्त्रणमा लिन सकेन ।

४६औं मिनेटमा अन्जन राईले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि उनको प्रहार आकासिदा पुलिस बराबरीबाट चुक्यो । ६०औं मिनेटमा सुमन लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । शेर्पाका डिफेन्डर अलरिव सिवे चोट बोक्दै मैदान बाहिर उपचारको क्रममा रहँदा पुलिसले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भएको थियो ।

रवि पासवानको क्रसमा अनमार्क रहेका सुमनले सिक्स यार्ड बक्सभित्रबाट सहजै गोल गर्न सफल भएका थिए । ६५औं मिनेटमा तेज तामाङको कर्नरमा भोलानाथ सिलवालले दिएको क्रसमा अजित भण्डारीको प्रहारलाई शेर्पाका गोलक्षक किशोर गिरीले पञ्च गर्दै बचाए ।

शेर्पाको यो दोस्रो बराबरी हो । यसअघि शेर्पाले संकटासँग १–१ गोल बराबरी खेल्दा मनाङसँग १–० को हार बेहोरेको थियो । अपराजित पुलिसको पनि यो दोस्रो बराबरी हो । पुलिसले पहिलो खेलमा आर्मीसँग १–१ गोलको बराबरी खेल्दा जावलाखेललाई १–० ले पराजित गरेको थियो । बराबरीपछि पुलिसको ३ खेलबाट ५ अंक पुगेको छ । शेर्पाको तीन खेलबाट २ अंक छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.