4 years ago
December 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको हो । खेलको १४औं मिनेटमा सिमन्त थापाको आत्मघाती गोलबाट मच्छिन्द्र क्लबले अग्रता लिन सफल भयो ।
मनिष डाँगीको कटब्याक पासमा अभिषेक रिजालले दिएको क्रसलाई सिमन्तले आफ्नै पोस्टको दिशा दिएका थिए । १९औं मिनेटमा ओनगुना निकेंगे जुनियरको प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाए ।
२१औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा सिधै गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । नुर्लान नोभ्रुजोभलाई लोइस जिमी कोउहाहिमले फउल गरेपछि प्राप्त फ्रिकिकमा रन्जितले सिधै गोल गरेका थिए । ३४औं मिनेटमा लोइस जिमी कोउहाहिमको प्रहार दोस्रोबार नजिकैबाट थोरै बाहिरिदा जावलाखेल अग्रता कम गर्नबाट चुक्यो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]